अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि चीनले त्यसलाई मान्यता दिएको छ ।
सरकारका तर्फबाट आधिकारिक रूपमा लिखित वक्तव्य जारी गरेर मान्यता नदिइएको भए पनि चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले चीन अफगान जनताको अधिकारको सम्मान गर्छ भनिन् ।
तालिबानले सबै पक्षसँग सम्झौता गर्ने तथा समावेशी इस्लामिक सरकार बनाउने आशा गर्दै चीनले अफगान नागरिक तथा विदेशी मिसनहरूको सुरक्षाको सुनिश्चितता गर्न तालिबानलाई आग्रह गरेको छ ।
चीन र रुसका दूतावासहरू काबुलमा अहिले पनि सञ्चालनमा रहेका छन् ।
...