काेराेनाकाे नयाँ भेरियन्ट 'ओमिक्रोन' तीव्र गतिमा फैलिँदै

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा फैलिएको पाइएको छ। नेदरल्यान्ड्स, जर्मनी, इटली, बेल्जियम, इजरायल, हङकङलगायत देशमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यो भेरियन्ट डेल्टा भेरियन्ट भन्दा दुई गुणा खतरनाक भएको विज्ञले बताउँदै आएका छन् । ओमिक्रोन भेरियन्ट पाइएपछि दक्षिण अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सङ्ख्या पनि बढ्दै गएको छ । न्युजिल्यान्ड, थाइल्यान्ड, सिङ्गापुर, माल्दिभ्स, श्रीलङ्का, साउदी अरेबिया, ब्राजिल, क्यानडा, इजरायल, जापान, युरोपेली सङ्घ, अस्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशले...