अहिले विश्व कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण त्रसित छ । सबैभन्दा पहिला यो भेरियन्ट दक्षिण अफ्रिकी मुलुक बोत्सवानाले रिपोर्ट गरेको दाबी गरिएको छ । दक्षिण अफ्रिकाले केही दिन अघि विश्वलाई यस भाइरसबारे बताएपछि विश्वभर नै हलचल मच्चिएको छ । हाल दक्षिण अफ्रिकाका देशहरू मात्रै नभएर विश्वका २० देशमा यो भेरियन्ट फेला परिसकेको छ । यससँगै धेरै देशले दक्षिण अफ्रिकी मुलुकका साथै यो भेरियन्ट देखिएका मुलुकसँग आफ्नो सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् ।