नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन् । प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले देश र जनताको हितभन्दा बाहिर आफ्नो पार्टी नजाने समेत उनले बताए । ‘हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौँ’, उनले भने, ‘संसद् सहभागी हुन नपाएपछि हामीले राय कहाँ व्यक्त गर्ने । संसद्म