चितवन- भरतपुर महानगरपालिका-१ लीलाचोक नारायणगढका राम कुलुले मादल बनाउने पेसा थालेको १८ वर्ष भयो। आफ्ना बुबाले मादल बनाउन सिकाएका उनलाई अहिले मादलमात्र होइन, छालाबाट बन्ने वाद्यवादनका सबै सामान बनाउन आउँछ। उनको दैनिकी नै छालाबाट बन्ने बाजा बनाउने काममा बित्ने गरेको छ। एक-दुई वर्षअघिसम्म यो पेसाबाट सन्तुष्ट उनी पेसामा आएको सङ्कट र व्यवसायमा आएको मन्दीका कारण […]