बिक्नै छाडे मादल, विद्युतीय ‘साउण्ड सिस्टम’ले खायो बजार

बागलुङ : ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन्। उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो। बाबुबाजेबाट सिकेको सिपले उनलाई सहज थियो। तर अहिले मादल बिक्न छोडेपछि उनी गिट्टी कुट्ने र बालुवा बोक्ने गर्न थालेका छन्। मादल व्यवसाय संकटमा परेपछि दर्जीले पेशा बदल्नुपरेको हो। उनले आफूसँग भएको सिप नबिकेपछि पेशा परिवर्तन गर्नुपरेको बताए। ‘मलाई पाँच÷सात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिएँँ’, उनल