नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको लिगको अन्तिम खेलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । नेपालले मलेसियाको सामना गर्नुअघि नै फाइनलमा नेदरल्याण्ड्ससँगको भेट सुनिश्चित गरिसकेको छ । नेपाल फाइनलमा पुगिसकेकोले आज हुने खेलमा पछिल्लो तीन खेलको अन्तिम एघारबाट टोलीमा केही हेरफेर गर्न सक्ने अनुमान गरिएको छ ।