सत्यमोहन जोशी अस्वस्थ, किष्ट अस्पतालमा उपचार हुँदै

काठमाडौँः शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन्। बिहीबारदेखि नै अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अस्पतालका निर्देशक सुरज बज्राचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।  अस्पतालका अनुसार जोशीको मुत्र प्रणाली र मुटुको चालमा समस्या रहेको थियो। शुक्रबार जारी विज्ञप्ति अनुसार स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ।  जोशीलाई यसअघि पनि छाती र पिसाबसम्बन्धी समस्या…

सम्बन्धित सामग्री

रहेनन् सताब्दी पुरूष सत्यमोहन जोशी

काठमाडौँ – वाङ्गमय सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा तीन साताअघि भर्ना भएका जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो। १०३ वर्षीय जोशी स्वास्थ्यमा समस्या देखिएपछी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए। पछिल्लो […]

सत्यमोहन जोशी फेरि आइसीयूमा

काठमाडौं । १०३ वर्षीय शताब्दी पुरुष सत्यमोहन जोशीको शरीरमा अक्सिजनको मात्रा कम भएपछि पुनः आइसीयूमा सारिएको छ । अक्सिजन सिच्युरेशन लेभलको कमी भएकाले उहाँलाई आइसीयूमा सारिएको किस्ट अस्पतालका निर्देशक प्राध्यापक डा. सुरज बज्राचार्यले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या आएपछि जोशीको किष्ट अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई निमोनिया संक्रमणका साथै मुटुको चाल सम्बन्धी समस्याका लागि […]

स्वास्थ्यमा सुधार नभएपछि सत्यमोहन जोशी आइसीयूमा

मुटुको चाल सम्बन्धी समस्या देखा परेकाले उनलाई आइसीयूमा राखेर उपचार सुरु गरिएको किष्ट अस्पतालले जनाएको छ। उनको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

सत्यमोहन जोशी आईसीयूमा

काठमाडौं । सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयू कक्षमा सारिएको छ । ललितपुरको किष्ट मेडिकल कलेजले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्यमा सुधार नभएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको हो । १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो […]

वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाण्डाै - वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँ छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि गएको वैशाख १ गते ललितपुरको किष्ट अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि हिजो डिस्चार्ज गरिएकोले अस्पतालले जनाएको छ । यसभन्दा अघि पनि स्वास्थ्यमा समस्या भएपछि उहाँ एक हप्ताको उपचारपछि गएको फागुन २ गते डिस्चार्ज हुनु भएको थियो। बितेको तीन वर्षदेखि  शताब्दी पुरुष जोशीको उपचार गर्ने जिम्मा किष्ट अस्पतालले लिएको छ ।

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

शताब्दी पुरुष सत्यमोहन जोशी १० दिनको उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । पिसाब, मुटुको चाल, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि जोशीलाई ललितपुरको किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई दुई दिन आइसीयु र ८ दिन डिलक्स क्याबिनमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।हाल उनको पिसाबको संक्रमण नियन्त्रणमा आएको, मुटुको चाल स्थिर रहेको र श्वासप्रश्वासमा सुधार आएका कारण उपचारमा संलग्न चिकित्सक टोलीको राय बमोजीम डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

संस्कृतिविद् जोशी अस्पतालबाट घर फिर्ता

स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन्।...

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज, खानपिन र हिँडडुल ‘ठिकठाक’

काठमाण्डाै – संस्कृतिविद् एवम् वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । नौ दिनदेखि किस्ट अस्पतालमा उपचार गराइरहनुभएका जोशीलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि उपचारका लागि जोशीलाई जेठको २६ गते अस्पताल भर्ना गरिएको थियो। उहाँको रक्तचापको गडबडी नियन्त्रणमा आएको, खानपिन सामान्य रहेको र हिँडडुल पनि गर्न सक्ने अस्पतालको विज्ञप्तिमा उल्लेख छ । एक हप्तापछि छाती रोग विशेषज्ञ प्रा. डा. मिलेशजंग सिजापतिको टोलीले जोश...

शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ, किस्ट अस्पतालमा उपचार हुँदै

छातीमा संक्रमण र मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी भएपछि वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको किस्ट अस्पतालमा उपचार भइरहेको छ । जेठ २६ गते अस्पताल भर्ना हुनुभएका जोशीको छातीमा निमोनियाको संक्रमण देखा परेकोले उपचार सुरु गरिएको अस्पतालले एक प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको छ । निमोनिया देखिए पनि उहाँमा कोरोना संक्रमण भने देखिएको छैन । …

सत्यमोहन जोशी अस्वस्थ

संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ बनेका छन् । रुघाखोकी र शरीरमा कमजोरीपन उनीमा बढेको नागरिक दैनिकमा खबर छ । हिँडडुल समेत गर्न नसक्ने भएपछि सातदिन यता उनी चिकित्सकको निगरानीमा बलम्बुस्थित घरमै रहेका छन् । शरीर कमजोर भएको र हर्नियासमेत देखिएकाले उपचार भइरहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।