प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली प्रधानमन्त्री दाहाललाई भेट्न शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । दाहाल र ओलीबीच करिब डेढ घण्टासम्म छलफल भएको थियो । दाहालको सचिवालयका अनुसार मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायत विषयमा छलफल भएको छ ।