काठमाडौं, ९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल यतिबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गहन छलफल गरिरहेका छन्। प्रधानमन्त्री दाहाल सत्तारुढ १० दलीय गठबन्धनका शिर्ष नेताहरुसँग मन्त्रिपरिषद्लाई पूर्णता दिन भागबन्डा मिलाउन एक्लाएक्लै छलफल गरिरहेका छन्। बालुवाटारमा प्रधानमन्त्री दाहालले गठबन्धनको प्रमुख घटक रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पहिलो चरणको छलफल गरेका छन्। उनले देउवासँग मन्त्रालयको भागबन्डा र […]