भद्रपुर झापा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा
चर्च ब्वाइज युनाइटेड क्लब प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । सोमबार विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० गोलले पराजित गर्दै चर्च ब्वाइजले गोल्डकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
हिमाल खरेल, भद्रपुरमछिन्द्र एफसीका कप्तान सुजल श्रेष्ठले प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सुजलको टोली मछिन्द्र मेची रंगशालामा मंगलबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । सुजल सर्वोत्कृष्टका साथै चर्च ब्वाइजका आशिष चौधरीका साथ प्रतियोगिताको उच्च गोलकर्ता समेत रहे । आर्मीलाई उपाधि दिलाउने क्रममा फाइनलमा उच्च […]
त्रिभुवन आर्मी क्लब प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पाहुना टोली भुटानको ड्रुक ल्हायुल फुटबल क्लबलाई २–० ले पराजित गर्दै आर्मीले गोल्डकपको अन्तिम चारको यात्रा तय गरेको हो ।
मुस्ताङ भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले गर्नुभएको छ । मेची रङ्गशालामा आइतबरदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले खेलको माध्यमबाट खेलाडीको प्रवर्द्धनसँगै मुलुकको विकासमा योगदान पुग्ने बताउनुभयो । उहाँले १८ वर्षपछि मेची रङ्गशालामा भएको यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितासँगै भद्रपुर क्षेत्रको समग्र विकासमा महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । …
झापा – आगामी फागुनको पहिलो सातादेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ । मेची रङ्गशालामा हुने प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार भद्रपुर झापा गोल्डकपको विजेता टिमले रु १३ लाख र उपविजेताले नगद रु सात लाख तथा ट्रफी र […]
हिमाल खरेल, बिर्तामोड भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण फागुन ७ गते सुरु हुने भएको छ । मेची रंगशालामा १८ वर्षपछि फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । भद्रपुर झापा गोल्डकप फागुन ७ गतेदेखि १६ गतेसम्म चन्द्रगढीको मेची रंगशालामा सञ्चालन गर्ने तयारी भइरहेको छ । प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । […]
इलाम : नेपालकै प्रतिष्ठित प्रतियोगितामा पर्ने झापा गोल्डकप यस वर्ष नहुने भएको छ। बिर्तामोडस्थित डोमलाल रंगशालामा २०७२ सालबाट हुँदै आएको गोल्डकप यस वर्ष नहुने भएको हो।‘झापा गोल्डकप’ लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको छ। १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन अन्तिम साताबाट गर्ने आयोजकको तयारी छ।अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने बिहीबार भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।आयोजक समितिका अध्यक्ष दि
हिमाल खरेल, भद्रपुर भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने भद्रपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलन आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित १३ लाख र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ […]
हिमाल खरेल, बिर्तामोड झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप आयोजनाको तयारी सुरु भएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति गठन भएको थियो । समितिका महासचिव जीवनकुमार श्रेष्ठको नेतृत्वमा आइतबार सचिवालय सञ्चालनमा आएको छ । आयोजक समितिले फुटबल प्रतियोगिता हुने मेची रंगशालाको मर्मत सुरु […]