पाथीभरा मन्दिर खुल्यो

वैशाखदेखि बन्द रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर शुक्रबारदेखि खुला गरिएको छ । कोभिड–१९ को संक्रमण केही घटेको र दसैं, तिहारजस्ता चाडपर्व नजिकिएकाले मन्दिर दर्शनार्थीका लागि खुला गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

सम्बन्धित सामग्री

१९ हजारभन्दा बढीले गरे पाथीभरा मन्दिरमा पूजापाठ

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा नवरात्रको समयावधिमा १९ हजारभन्दा बढी भक्तजनले पूजापाठ गरेका छन्। नवरात्रिको समयावधिमा पाथीभरा मन्दिर क्षेत्रमा पुगेर उनीहरुले पूजापाठ गरेका हुन्। नेपालीको महान् चाड बडादसैँ तथा नवरात्रिको दिनदेखि नवरात्रिको अन्तिम दिन आज पूजापाठ समय अवधिसम्ममा १९ हजार ७५० जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकले जनाएको छ। […]

दशैँमा पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको संख्या बढ्यो

ताप्लेजुङ– नवरात्र सुरु भएसँगै पाथीभरा मन्दिरमा पूजा गर्ने भिड लागेको छ । पूजापाठ गर्ने राम्रो साइत भएकाले नवरात्रको समयसम्म पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको भिड लाग्ने गरेको हो । सोमबार दुई हजारभन्दा बढी तीर्थयात्रीले पाथीभरामा पूजापाठ गर्दै गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्याकारी निर्देशक मनमणि काफ्लेले जनाकारी दिए। नेपालका दार्जुलादेखि भारतको दार्जिलिङ र सिक्किमसम्मका तीर्थयात्रीले आज […]

नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ पाथिभरा मन्दिरको दर्शनपछि फिर्ता

नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरको दर्शनपछि शनिबार संघीय राजधानी काठमाडौतर्फ फर्किएकी छन्।...

पाथीभरा मन्दिर खुल्यो

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि आजदेखि खुला भएको छ । कोरोना संक्रमणका कारण विगत ५ महिनादेखि पाथीभरामा पुजाआजा गर्न निषेध गरिएको थियो । कोरोनाको प्रभाव न्युन हुँदै गएको र पाथीभरा दर्शनको सिजनसमेत सुरु भएकाले आजदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले गत बुधबार प्रेस विज्ञप्ती […]

पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना ग

असोज १ गतेदेखि पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड-१९ संक्रमणका कारण विगत पाँच महिनादेखि पाथिभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।

पाथीभरा मन्दिरमा लिफ्टबाट पानी लगिँदै

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध तीर्थ स्थल पाथीभरा ३ हजार ७ सय ९४ मिटर उचाइमा छ । वार्षिक हजारौंको संख्यामा तीर्थयात्री जाने गरेको पाथीभरामा  पर्याप्त पानी छैन । केवल आफ्नो शरीर मात्रै पुर्याउन त हम्मे हम्मे पर्ने पाथीभरामा तीर्थयात्री स्वयंले पानी बोकेर लानु पर्ने बाध्यता छ । यसरी हजारौंको संख्यामा आउने तीर्थ यात्रीलाई हिँडेका बेला सुकेको मुख भिजाउन अथवा मन्दिरमा पुगेर पूजा आराधनाको लागि अक्षता भिजाउन तथा जल चढाउनका लागि पनि पानी चाहिन्छ । त्यस्तै पूजा सामग्रीका लागि पनि जलका रुपमा पानी त च...

पाथिभरा मन्दिर दर्शनमा रोक

ताप्लेजुङ। कोरोनाको संक्रमण बढ्दै गएको भन्दै ताप्लेजुङस्थित पाथिभरा मन्दिरको दर्शनमा पूर्ण रुपमा रोक लगाइएको छ। पाथिभरा क्षेत्र विकास कोषका अनुसार बैशाख मसान्तसम्मका लागि लागू हुने गरी मन्दिरको दर्शनमा रोक लगाइएको हो। मन्दिरको दर्शनका लागि धेरैजसो भक्तजन जिल्ला बाहिरबाट आउने भएकाले दर्शनका लागि रोक लगाइएको कोषले जनाएको छ। दर्शनका लागि आजदेखि कडा रुपमा रोक लगाइएको हो।

कोरोनाका कारण पाथीभरा मन्दिर दर्शनमा रोक

ताप्लेजुङ - ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनमा रोक लगाइने भएको छ । मन्दिर आउँदो वैशाख मसान्तसम्म बन्द हुने भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आजदेखि मन्दिर दर्शनमा रोक लगाइने जानकारी दिनुभयाे। मन्दिर दर्शनका लागि धेरै भक्तजन बाहिरी जिल्लाबाट आउने भएकाले कोरोना सङ्क्रमणको जाेखिम बढी हुने भएकाले मन्दिरमा जाने भक्तजनलाई आवतजावतमा रोक लगाइने भएको हो  । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मन्दिर बन्द ...

कोभिड संक्रमण रोक्न पाथीभरा मन्दिर शनिबारदेखि बन्द

ताप्लेजुङ : ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन बन्द हुने भएको छ।कोरोना संक्रमण बढेका कारण मन्दिर बन्द गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। ‘यहाँ धेरै भक्तजन बाहिर जिल्लाबाट आउनुहुन्छ,’ कार्यकारी निर्देशक मनमणि काफ्लेले भने, ‘शुक्रबार बेलुका सदरमुकाम फुङलिङ आएका र माथिल्लो फेदीलगायत क्षेत्रमा पुगेकालाई शनिबार बिहान पूजा गराएर फर्काउँछौं।’‍अन्य तीर्थयात्रीलाई मन्दिर नआइदिन समितिले अनुरोध गरेको छ। गत मंगलबार ८ हजार ५५ जनाले मन्दि