शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि पूर्व राष्ट्रपति कारजाइको अग्रतामा परिषद् गठन

अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कारजाईले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि संमन्वयात्मक परिषद् गठन गरिएको जानकारी दिएका छन्। अफगानिस्तानमा तालिबानले कब्जा जमाएको छ। राष्ट्रपति अशरफ गनी देश छाडेर गएका छन्। कारजाइले आफूसहित तालिबानसँगको शान्ति वार्ताको नेतृत्व गरेको राजनीतिज्ञ अब्दुल्लाह अब्दुल्लाह र गुल्बुद्दिन हेक्मात्यार रहेको परिषद् गठन गरिएको जानकारी दिएका हुन्। यसअघि आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमा […]

सम्बन्धित सामग्री

आफ्ना दाजुलाई प्रधानमन्त्रीबाट हटाउन श्रीलंकाली राष्ट्रपति सहमत

काठमाडौं– श्रीलंकाली राष्ट्रपति गोताबाया रापजाक्षेले आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीको पदबाट हटाउन सहमत भएका छन् । श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रिपाल सिरिसेनाले राष्ट्रपति राजपाक्षेसँगको भेटपछि प्रधानमन्त्री राजपाक्षेलाई पदबाट हटाउन राजी भएको बताएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार यसका लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै पार्टीलाई समेटेर राष्ट्रिय परिषद् गठन गर्न समेत राष्ट्रपति तयार भएको उनको […]

पाकिस्तानमा नयाँ मन्त्रिपरिषद् गठन , राष्ट्रपतिले गराएनन् शपथ ग्रहण

काठमाडौं । पाकिस्तानमा नयाँ मन्त्री परिषद् गठन भएको छ । इमरान खान विरुद्धको अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ प्रधानमन्त्री चयन भएका शेहेवाज सारफिले हिजो बेलुका ३० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । उनीहरूको हिजो बेलुकी नै शपथग्रहण हुनुपर्नेमा राष्ट्रपति बिरामी परेपछि स्थगित भएको छ । राष्ट्रपति आरिफ अल्भी अचानक बिरामी बिदामा बसेका कारण कार्यक्रम स्थगित […]

यमनका राष्ट्रपतिद्वारा नयाँ परिषद् गठन

रियाद । यमनका राष्ट्रपति अबेड्राब्बो मन्सुर हाडीले बिहीबार नयाँ परिषद् गठन गरेका छन् । युद्धग्रस्त मुलुक यमनमा हुथी विद्रोहीसँग सङ्घर्ष गरिरहेको सरकारलाई नयाँ स्वरूप दिन उनले उक्त उच्चस्तरीय परिषद् गठन गरेका हुन् । साउदी अरबको राजधानी रियादमा आयोजना गरिएको शान्ति वार्तामा हुथी विद्रोही सहभागी नभएपछि उनले परिषद् गठन गरेका हुन् । साउदी अरब आफूहरूको मुख्य […]

अफगानिस्तानलाई फेरि सामान्य अवस्थामा ल्याउने प्रयास जारी राख्न आह्वान

काठमाडौं । अफानिस्तानका पूर्व राष्ट्रपति हामिद करजई र उच्चस्तरीय राष्ट्रिय मेलमिलाप अयोगका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले शान्तिका लागि निरन्तर लाग्न आह्वान गरेका छन् । अफगान नागरिकहरूलाई सम्बोधन गर्दै उनीहरूले अफगानिस्तानलाई फेरि सामान्य अवस्थामा ल्याउन आ–आफ्नो तर्फबाट प्रयास जारी राख्न आह्वान गरेका हुन् । यसअघि पूर्व राष्ट्रपति हामिदले सत्ता परिवर्तन परिषद् गठन गरेका थिए...

अफगानिस्तानमा पूर्ब राष्ट्रपतिसहितको समन्वय परिषद् गठन

अफगानिस्तानको अन्यौलपूर्ण अवस्थाको निकासका लागि पूर्ब राष्ट्रपतिसहितको समन्वय परिषद् गठन गरिएको छ । परिषद्मा पूर्ब राष्ट्रपति हामीद कारजाई, अब्दुल्लाह अब्दुल्लाह र मुजाहिद्दीनका नेता गुलबुद्दीन हेकमत्यार हुनुहुन्छ । नेता अब्दुल्लाहले राष्ट्रपति अशरफ घानीले छोडेर भागेको र तालिबानले नियन्त्रणमा लिएको अवस्थामा उत्पन्न अन्यौलता र अराजकता अन्त्य गर्न परिषद्ले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा सत्ता हस्तान्तरण नै नगरी राष्ट्रपति घानी देश छोडेकोमा आपत्ती जनाउनुभएको थियो ।