रौतहट : रौतहटका चार निर्वाचन क्षेत्रमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। रौतहटमा २७६ वटा मतदान स्थल र ५२३ वटा मतदान केन्द्र थिए। जसमा दुई मतदान केन्द्रमा सामान्य झडप भई गोली चलेको छ।जिल्लाको गुजरा नगरपालिकास्थित मावि कनकपुरमा एक राउण्ड र गरुडा नगरपालिकास्थित प्रावि भवन अमरपटी बुथमा एक–एक राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी सुनिल मल्लले जानकारी दिए।ती दुई वटा मतदान केन्द्र बाहेक जिल्लाका ५२१ वटै मतदान केन्द्रमा शान्ति पूर्ण अ
सुर्खेत- सुर्खेतका दुई पालिकाका मतदान केन्द्रमा स्थानीय कार्यकर्ताबीच झडप भएपछि स्थगित मतदान अहिले पुन:सुचारु गरिएको छ ।
राजनीतिक दलका नेताहरूबीच विवाद हुँदा सुर्खेतको दुई पालिकाका दुई मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । गुर्भाकोट नगर पालिका–११ स्थित सूर्य ज्योती आधारभूत विद्यालयको मतदान केन्द्र ...
चरिकोट। दोलखा जफेस्थित मतदानस्थलमा झडप भएको छ। जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि ७ राउण्ड हवाई फायर भएको हो।
एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो।
दोलखा । दोलखाकाे एक मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे छ । जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर भएकाे हाे । हवाई फायरपछि मतदान कार्य रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएकाे […]
महोत्तरी – धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरमा रहेकाे लक्ष्मी मावि मतदान केन्द्रमा नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका कार्यकताबीच झडप भएको छ ।
वृद्ध अशक्तहरूको परिवारबाहेकका एउटै व्यक्तिले दुई/तीन जनाको सहयोगी भइ मतदान गर्न थालेपछि विवाद भएको हो । विवादलगतै क्षेत्र नं. ४ (ख) का उम्मेदवारसमेत रहनुभएका नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोलगायतका नेताहरू मतदान केन्द्र पुगेर विवाद साम्य पारेका छन् ।
रौतहट। सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा दुवै पक्षबीचमा झडप हुदाँ प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेर स्थिति […]
४ मंसिर, काठमाडौं । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । मतदानस्थल बाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर […]
जुम्ला, १ जेठ । जुम्लाको गुठचौर गाउँपालिका–३ गज्र्याङकोटमा आज पुनः मतदान सुरु भएको छ । गत बैशाख ३० गते झडपको कारण स्थगित भएको मतदान आज कडा सुरक्षाबीचमा सुरु भएको हो । मतदान केन्द्र शंकर माध्यमिक विद्यालयको निकै कडा सुरक्षा व्यवस्था बनाइएको छ । १००७ मतदाता रहेको मतदान केन्द्रमा ३२० मत खसिसकेको पछि झडप भएको थियो […]
काठमाडौं । हुम्लाको चंखेली र अदानचुली गाउँपालिकामा गठबन्धन र स्वतन्त्र उमेदवारबीच झडप भएको छ ।
चंखेली गाउँपालिका २ स्थित महादेव मतदान केन्द्र र अदानचुली ४ कुकुरफाल्ना जलविद्युत आयोजनाको मतदान केन्द्रमा झडप भएको हो ।
चंखेलीको झडपमा मतदान मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी काला रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका...
काठमाडौं : बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। बाजुराको बुडीदन्दा नगरपालिका–८ स्थित ट्रिसकेट ऐकेडेमी मतदान केन्द्र नजिकै दुई पार्टीका कार्यकर्ताबीच खुकुरी हानाहान र ढुंगामुढा भएको हो।
झडपमा दुई जना घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको मुख्य निर्वाचन अधिकृत सुभद्रा शर्मा गौतमले जानकारी