काठमाडौँ – राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका देखाएर व्यापार गरी आफ्नो स्वार्थपूर्ति गर्ने बालगृहहरुको नियमन हुने बताएको छ। शुक्रबार काठमाडौँमा आयोजित कर्णाली प्रदेश र हुम्ला जिल्लाका बालबालिकाको पारिवारिक विछोड, विस्थापन र ओसारपसारसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले यस्तो बताएका हुन्। उनले राष्ट्रिय बाल अधिकार परिषद् एक्लैले सम्पूर्ण जिम्मेवारी पूरा गर्न नसक्ने भन्दै संघ, […]