काठमाडौं, १८ वैशाख । एमाले अध्यक्ष केपी ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्तेको संज्ञा दिएका छन् । स्वास्थ्यमन्त्रीको गृहजिल्ला हेटौंडामा आयोजित कार्यक्रममा ओलीले अहिलेका स्वास्थ्यमन्त्री खतिवडा अगस्ते जस्तो अनुहार भएको आरोप लगाएका हुन् । ‘केन्द्रमा स्वास्थ्यमन्त्री को छ मैले भनिराख्नुपर्ला जस्तो लाग्दैन् । अगस्ते जस्तो अनुहार भएका छन्,’ उनले भने, ‘अगस्ते भन्ने एउटा ऋषि थिए । […]
काठमाडौं, ८ बैशाख । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भेट्न पुगेका छन् । निर्धारित कार्यक्रम अनुसार उनी स्वास्थ्यमन्त्री खतिवडालाई भेट्न रामशहपथस्थित मन्त्रालयमा पुगेका हुन् । स्वास्थ्यमन्त्री खतिवडा र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच शिष्टाचार भेटवार्ता सुरू भएको छ । Photo : Mukunda Kalikote/Reportersnepal.com
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (शुक्रबार) तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै छन्। प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहित स्वास्थ्य सचिव डा रोशन पोखरेल पनि संलग्न रहने छन्। प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमण दलमा स्वास्थ्यमन्त्री तथा स्वास्थ्य सचिव सहभागी हुने भए पनि हालसम्म उक्त भ्रमणमा स्वास्थ्यका कस्ता एजेण्डा प्रस्तुत गरिने एकिन भइनसकेको स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहाकार डा. रमेश ढकालले बताए।‘भ्रमणमा मन
भक्तपुर, ११ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याउँदै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाउने बताएका छन् । ‘विश्व क्षयरोग दिवस २०७८’ का अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा उनले विश्व स्वास्थ्य सङ्गठनले लिएको क्षयरोग अन्त्यको रणनीति र संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठकले […]
काठमाडौं–स्वास्थ्यमन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिट्टै कोरोनाविरुद्धको बुष्टर डोज प्रदान गर्ने बताएका छ्न । बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपंक्तिमा काम गर्नेलाई दिइरहेको बुष्टर डोज केही दिनभित्रै सवै नागरिकका लागि प्रदान गर्ने बताएका हुन् । मन्त्री खतिवडाले बिद्यार्थीहरुका लागि पनि खोप प्रदान गर्ने काम […]
काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना संक्रमण बृद्धि भएको बताउँदै आवश्यकता हेरेर मात्र लकडाउन गर्ने बताए । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि मन्त्री खतिवडाले पहिलाको जस्तो आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे । आवश्यकता हेरेर खास ठाउँमा त्यो विचार पु¥याएर लकडाउन गर्ने उनको भनाई थियो […]
काठमाडौँ, २९ पुस: स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्। आज (बिहीबार) किर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै उनले भने, ‘सुरक्षाका मापदण्डहरु कडाइका साथ पालना गर्नुपर्ने देखिन्छ,अहिले सरकारले लकडाउन सम्बन्धमा गृहकार्य केही गरेको छैन।’-File Photo