प्रधानमन्त्रीसँग स्वास्थ्यमन्त्री खतिवडा र सचिव डा पोखरेल पनि भारत जाँदै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (शुक्रबार) तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै छन्। प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहित स्वास्थ्य सचिव डा रोशन पोखरेल पनि संलग्न रहने छन्।   प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमण दलमा स्वास्थ्यमन्त्री तथा स्वास्थ्य सचिव सहभागी हुने भए पनि हालसम्म उक्त भ्रमणमा स्वास्थ्यका कस्ता एजेण्डा प्रस्तुत गरिने एकिन भइनसकेको स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहाकार डा. रमेश ढकालले बताए।‘भ्रमणमा मन