शिक्षा मन्त्रालय अन्तर्गत प्राविधिक शिक्षा निर्देशनालय र तत्पश्चात २०४५ सालको सिटिइभिटी ऐनबाट स्थापना भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत रहेका आङ्गिक, टेक्स अर्थात् सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम, साझेदारी अर्थात् गैरनाफामूलक प्रतिष्ठान, ट्रस्ट तथा पालिकाहरूसँग साझेदारीमा सञ्चालित शिक्षालय र निजी प्राविधिक शिक्षालयमा विगतमा विद्यार्थीको भर्नाका लागि निकै प्रतिस्पर्धा हुने तथ्याङ्कले देखाउँछ तर केही समय यता खस्कँदै गएको विद्यार्थी भर्ना दर यो शैक्षिक सत्रमा आएर निकै लज्जास्पद भएको छ । अर्थात् देशैभरका प्राविधिक शिक्षालयमा विद्यार्थीको भर्ना दर