वाणिज्य बैंकको शेयरमा छैन लगानीकर्ताको आकर्षण, ६ ओटाको शेयर मूल्य २ सयमुनि

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण छैन भन्दा हुन्छ । बजार पूँजीकरणका हिसाबले बलिया भए पनि पछिल्लो समय वाणिज्य बैंकका शेयर बजारमा सबैभन्दा सस्तामध्येमा पर्छन् ।  पछिल्लो समय बजार १८ सय विन्दुसम्म पुगेर अहिले २ हजार ८८ विन्दुमा छ । बजार बढे पनि वाणिज्य बैंकको शेयर मूल्य भने बढ्न सकेको छैन ।  नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ६ ओटाको शेयर मूल्य २ सय विन्दुमुनि छ, जसमा कुमारी बैंक, प्रभु बैंक, सिटिजन बैंक इन्टरनेशनल, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक र एनएमबि बैंक छन् । यीमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको शेयर छ । बैंकको शेयर प्रतिकित्ता रू. १५९ कायम भएको छ ।  त्यस्तै तीन बैंकको शेयर मूल्य मात्रै ५ सयभन्दा माथि छ, जसमा एनआइसी एशिया बैंक, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टड बैंक छन् ।  मर्जर तथा प्राप्तिपछि वाणिज्य बैंकको संख्या अहिले २० मा झरेको छ । मर्जरपश्चात बढेको पूँजी अनुसार व्यापार वृद्धि गर्न नसक्दा बैंकको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकार बताउँछन् । मर्जरपश्चात बनेका कम्पनीका त्रैमासिक वित्तीय विवरण हेर्दा प्रमुख सूचक पनि कमजोर देखिएका छन् ।  शेयर बजारमा सूचकलाई नै उल्लेख्यरूपमा परिवर्तन गराउन सक्ने क्षमता भएका वाणिज्य बैंकका शेयरमा लगानीकर्ताको आकर्षण नदेखिनुका विभिन्न कारण छन् । यसको मुख्य कारण बैंकको आम्दानी खस्किनु हो । यस्तै, वाणिज्य बैंकको शेयर संख्या बढी भएकाले यसको शेयर धेरैसँग छरिएको छ । कमाइको तुलनामा आम्दानी कम हुँदा प्रतिफल घट्दो दरमा छ ।  त्यस्तै धेरै जनासँग शेयर भएकाले यसलाई अन्य सेक्टरको शेयरजस्तो चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था पनि छैन, जसका कारण वाणिज्य बैंकका शेयरमा लगानीकर्ताको आकर्षण देखिँदैन । यसो त पछिल्ला त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा निकै बढेको छ । यस कारण पनि बैंकको शेयर लगानीकर्ताको रोजाइमा नपरेको हुनसक्ने जानकार बताउँछन् ।  कुन बैंकको शेयर मूल्य कति ? स्रोत : नेप्से । 

सम्बन्धित सामग्री

जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण, एक महीनामा १९.६४ % बढ्यो परिसूचक

काठमाडौं । बजार बढ्दा लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीका शेयरमा परेको छ । पछिल्लो एक महीनामा यस समूहको परिसूचक साढे १९ प्रतिशत वृद्धि भएको छ । गत मङ्सिर २८ गते जलविद्युत समूहको परिसूचक २ हजार २२० दशमलव ५९ रहेकोमा गत पुस २९ गते बढेर २ हजार ६५६ दशमलव ७७ पुगेको हो । एक महीनामा नेप्से परिसूचक भने ६ दशलमव ३१ प्रतिशत बढेको छ ।  किन बढ्यो आकर्षण ? पछिल्लो समय लगानीकर्ता दीर्घकालिन लगानीभन्दा अल्पकालीन लगानी गरिरहेका छन् । यस्ता लगानीकर्ताको रोजाइमा कम पूँजी भएका कम्पनी पर्ने गर्छन् । सोही कारण लगानीकर्ताको रोजाइमा जलविद्युत कम्पनीको शेयर परेको देखिन्छ ।  एक महीनामा सर्वाधिक कमाउनेको सूचीमा दोस्रोमा उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ता छन् । यस समूहको परिसूचक १७ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । यस समूहका कम्पनीले आकर्षक लाभांश दिने भएकाले पनि लगानीकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै लगानी समूहको परिसूचक १५ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । गत मङ्सिर २२ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीति लिएपछि शेयर बजारमा उत्साह छाउँदा बजार २ हजार १५० विन्दुसम्म पुगेको थियो ।  राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत शेयरधितो कर्जामा लगाएको १५० प्रतिशतको जोखिम भार १२५ प्रतिशतमा झारेको छ भने ब्याजदर घटाउने नीति पनि लिएको छ । सोही कारण शेयर बजारमा सकारात्मक प्रभाव परेको विज्ञ बताउँछन् । बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै बजार २ हजार ५६ सम्म आएको थियो ।  माघ महीनाका लागि बैंकहरूले पुस महीनाको तुलनामा ब्याजदर अझै घटाएका छन् । सामान्यतया ब्याजदर घटेपछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने गर्छ । यसो त ब्याजदर घटेपछि शेयर कर्जा लिनेले सस्तो ब्याजदरमा ऋण पाउँछन्, जसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने देखिन्छ ।  एक महीनामा जीवन बीमा समूहको परिसूचक भने १ दशमलव ४७ प्रतिशत घटेको छ । नेपाल बीमा प्राधिकरणले प्रिमियमबापतको रकमबाट लाभांश वितरण गर्न नपाउने घोषणा गरेसँगै यस समूहका कम्पनीको शेयर मूल्य ओरालो लागेको देखिन्छ । त्यस्तै दोस्रोमा वाणिज्य बैंक समूहको परिसूचक शून्य दशमलव ८५ प्रतिशत वृद्धि भएको छ । यस समूहका कम्पनीको शेयर भोल्यूम बढी हुने भएकाले पछिल्लो समय लाभांशदर घट्दै गएको र त्यही कारण लगानीकर्ताको रोजाइमा नपरेको विज्ञ बताउँछन् ।  स्रोत : नेप्से ।

प्रिमियम मूल्यको आईपीओभन्दा दोस्रो बजारको शेयर सस्तो

काठमाडौं । पछिल्लो समय कम्पनीहरूले धमाधम प्रिमियम मूल्यमा शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरिरहेका छन् । प्रिमियम मूल्यको बीमा र हाइड्रोपावर कम्पनीको शेयरभन्दा सस्तैमा धितोपत्रको दोस्रो बजारमा शेयर पाइन थालेको छ । सन नेपाल लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ, मान्डू हाइड्रोपावर, सोनापुर मिनरल्सले प्रिमियमसहित प्रतिकित्ता ११६ देखि २५७ रुपैयाँसम्ममा आईपीओ विक्री गरेका छन् । यस्तै सिटिजन लाइफले पनि भदौ १५ गतेदेखि प्रिमियम मूल्यसहित प्रतिकित्ता २४४ रुपैयाँमा साधारण शेयरको सार्वजनिक निष्कासन गर्दै छ ।  प्राथमिक बजारमा प्रतिकित्ता २ सय रुपैयाँभन्दा बढी तिर्नुपर्ने आईपीओ विक्रीमा आउँदा पनि लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । हरेक कम्पनीको आईपीओमा १२/१५ लाख जनाले आवेदन दिने गरेका छन् । तर, दोस्रो बजारमा सोभन्दा कम मूल्यमा शेयर पाउँदा लगानीकर्ताको आकर्षण देखिएको छैन । सूचीकृत कम्पनीमध्ये वाणिज्य बैंक र हाइड्रोपावरको शेयर मूल्यमा ठूलो गिरावट आएको छ । अहिले सबैभन्दा सस्तो शेयर मूल्य हुने कम्पनीहरू पनि यी समूहका छन् । पूँजीबजार विज्ञ मुक्ति आर्याल प्रिमियमको आईपीओबाट छोटो समयमै राम्रो प्रतिफल पाइरहेकाले त्यसमा लगानीकर्ताको आकर्षण बढेको बताउँछन् । उनले आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियमसहित प्रतिकित्ता रू.२३६ दशमलव ९१ मा आईपीओ विक्री गरेको उदाहरण दिँदै भने, ‘कम्पनीको पहिलो कारोबार नै प्रतिकित्ता रू.५२९ दशमलव ५० मा भएको थियो । यसले गर्दा लगानीकर्ताले छोटो समयमै राम्रो प्रतिफल पाए ।’ सूचीकृत हुनेबित्तिकै कम्पनीको शेयर मूल्य बढ्ने भएकाले लगानीकर्ताको आकर्षण बढेको हुनसक्ने उनको अनुमान छ । वाणिज्य बैंकको शेयर मूल्य बढे पनि कम बढ्ने र धेरै चुक्ता पूँजी भएकाले लगानीकर्ताको आकर्षणमा नपरेको उनको बुझाइ छ । त्यस्तै मर्जर तथा एक्वीजिशनपछि वाणिज्य बैंकको संख्या अहिले २० मा झरेको छ । मर्जरपछि बढेको पूँजीअनुसार व्यापार वृद्धि गर्न नसक्दा यिनीहरूको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकार बताउँछन् । त्यस्तै धेरै जनाको हातमा शेयर भएकाले यसलाई अन्य सेक्टरको शेयरजस्तो चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था नभएकाले पनि लगानीकर्ताको आकर्षणमा नपरेको देखिन्छ । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकहरूको खराब कर्जा निकै बढेको छ । यसकारण पनि लगानीकर्ताको रोजाइमा उनीहरूको शेयर नपरेको हो ।  समग्र शेयरबजारमा आएको गिरावटका साथै वित्तीय प्रणालीमा देखिएका समस्याले पनि बैंकको शेयर मूल्यमा प्रभाव पारेको देखिन्छ । वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जाको माग नहुनु, महँगो ब्याजदर, बढ्दो खराब कर्जालगायत कारणले बैंकको शेयर सस्तिँदै गएको हो ।  नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ६ ओटाको शेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ । कुमारी, प्रभु, नेपाल इन्भेष्टमेण्ट मेगा, लक्ष्मी, प्राइम कमर्सियल र सिटिजन्स बैंकको शेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ । यी ६ बैंकमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको शेयर मूल्य मंगलवार प्रतिकित्ता रू.१५७ दशमलव ४० मा बन्द भएको छ ।  त्यस्तै प्रतिकित्ता रू.२ सयदेखि २५० दशमलव १० सम्ममा हिमालयन, ग्लोबल आइएमई, एनएमबि र नेपाल बैंकको शेयर पाइन्छ । यी वाणिज्य बैंकबाहेक हाइड्रोपावर कम्पनीको शेयर मूल्य पनि निकै सस्तिएको छ ।  मंगलवार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.१३५ दशमलव ३० र नेशनल हाइड्रोपावरको कम्पनीको रू.१४६ दशमलव ४० कायम भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश जलविद्युत् कम्पनीको नाफा घटेको छ । यसकारण पनि उक्त समूहको शेयरमा लगानीकर्ताको चासो नपरेको अनुमान गरिको छ ।

१० वर्षअघिको आर्थिक अभियानबाट: ठूला बैंकको शेयर आधा सस्तो

नेपाली पूँजीबजारको ठूलो हिस्सा ओगटेका प्रमुख वाणिज्य बैंकहरूको शेयर एक वर्षको अन्तरालमा आधाभन्दा बढी सस्ता भएको छ । नेप्सेमा सूचीकृत २४ वाणिज्य बैंकमध्ये अधिकांशको शेयर मूल्य दुई वर्षअघिको तुलनामा दुई तिहाइले घटेको छ । अघिल्लो वर्षको तुलनामा शेयर मूल्य घटेको अनुपातमा लगानीकर्ताले पाउने प्रतिफल नघटेकाले ती बैंकहरूको शेयर सस्तो भएको हो । शेयरको मूल्य उच्च विन्दुमा पुगेका बेला खरीद गरेर बसेका लगानीकर्तालाई कागजी घाटा (पेपर लस) मात्रै भएको शेयर विश्लेषक कुमार विष्टको भनाइ छ । ‘शेयरको बजार मूल्य घटे पनि बैंकहरूले दिने नगद लाभांश र बोनस शेयर नघटेकाले लगानीकर्तालाई वास्तविक घाटा भएको छैन,’ उनले भने ।  बैंकिङ समूहमा सबैभन्दा बढी मूल्य भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य गत वर्ष कात्तिक मसान्तको तुलनामा अहिले प्रतिकित्ता रु १ हजार ५ सय कम भएको छ । एक वर्षअघि प्रतिकित्ता रु ३ हजार ६ सय रहेको यो बैंकको शेयर मूल्य हाल रु २ हजार १ सयको हाराहारीमा ओर्लिएको छ । २०६५ कात्तिक मसान्तमा चार्टर्डको शेयर मूल्य रु ५ हजारभन्दा माथि रहेको थियो । उच्च मूल्य रहेको अर्को वाणिज्य बैंक नबिलको शेयर पनि एक वर्षको अन्तरालमा झन्डै आधा सस्तो भएको छ । गत वर्ष यही समयमा प्रतिकित्ता रु २ हजार ६ सय ५५ रहेको नबिलको शेयर मूल्य अहिले रु १ हजार ४ सयको हाराहारीमा छ ।  वर्ष ६, अंक ५८, बुधवार, १ मंसिर, २०६७

बैंकिङ र होटल तथा पर्यटन समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । नेप्से परिसूचक २ दशमलव २७ अंक अर्थात् शून्य दशमलव १२ प्रतिशत घटेर १ हजार ८८९ दशमलव ७३ विन्दुमा कायम भएको हो । यस दिन २६९ धितोपत्रको २१ लाख ७४ हजार ९१४ कित्ता २१ हजार ८५१ पटकमा रू. ७३ करोड ९६ लाख बराबर कारोबार भएको छ । बुधवारको तुलनामा आज कारोबार रकम पनि घटेको छ । बुधवार रू. ८४ करोड बराबर शेयर खरीदविक्री भएको थियो ।  यो मूल्यमा लगानीकर्ताहरूले शेयर विक्री गर्न नचाहेको र खरीदकर्ता पनि खरीद गर्न पनि राजी नभएको देखिन्छ । त्यसैले बजारमा कारोबार रकम घट्दो क्रममा देखिन्छ ।  बिहीवार सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य सबैभन्दा बढी ५ दशमलव ८५ प्रतिशत वृद्धि भई रू. ७ दशमलव ७८ पुगेको छ । त्यस्तै दोस्रोमा तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ५ दशमलव शून्य ८ प्रतिशत बढेर रू. ४०५ दशमलव ६० पुगेको हो ।  यस दिन एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूले सबैभन्दा बढी गुमाएका छन् । फण्डको इकाई मूल्य १० प्रतिशत घटेर रू. ९ मा झरेको छ । त्यस्तै दोस्रोमा ‘एनएमबि डिबेन्चर ८.५० ∞२०८७/८८’ नामक ऋणपत्रको मूल्य ९ दशमलव ५३ प्रतिशत घटेर रू. ८८६ दशमलव ६० कायम भएको हो ।  बिहीवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एभरेष्ट बैंकले ओगटेको छ । कम्पनीको रू. ३ करोड ७६ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर निकै तल्लो विन्दुमा आएकाले पनि खरीदकर्ताहरू आकर्षित भएको देखिन्छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ रूपैयाँ १० पैसा वृद्धि भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. ३ करोड २७ लाख बराबर कारोबार भएको छ ।   यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १३ प्रतिशत र फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य १ प्रतिशत बढेको हो ।  कारोबारमा आएका समूहगत परिसूचकमध्ये दुई समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव ८३ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी १ दशमलव २८ प्रतिशत घटेको छ । बजार घटिरहँदा लगानीकर्ताको आकर्षण बैंकिङ समूहका कम्पनीहरूको शेयरमा परेको छ । सोही कारण बिहीवार सर्वाधिक कारोबार गर्नेमा पाँच ओटा वाणिज्य बैंक परेका छन् । बैंकिङ समूहका कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा  आएकोले पनि खरीदकर्ता आकर्षित भएको देखिन्छ ।

प्रि ओपन सेसनमा ७.१० अंकले बढ्यो नेप्से

नयाँ वर्षको पहिलो दिन आज आइतबार प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से अंकले बढेको छ । प्रि ओपन सेसनमा सूचक ७.१० अंकले बढेर २४२२.३४ को बिन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा २० कम्पनीको १ हजार १ सय ४८ कित्ता शेयर खरिद बिक्रिबाट ४ लाख १९ हजार १ सय ४५ रुपैयाँको कारोबार भएको छ । प्रि ओपन सेसनमा २ प्रतिशतले शेयर मूल्य बढ्नेमा अधिकांश वाणिज्य बैंक रहेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ ।

११ हप्तापछि बुधवार बजार घट्ने रेकर्ड ब्रेक

काठमाडौं । सन् २०२२ लागेपछि हरेक बुधवार बजार घट्दै आएको थियो । तर, यो बुधवार उक्त रेकर्ड ब्रेक भएको छ । यसअघिका ११ ओटा बुधवार लगातार घटेको धितोपत्र बजारको सूचक नेप्से यो बुधवार ४० दशमलव ६८ अंकले बढेपछि रेकर्ड ब्रेक भएको हो । पछिल्लो समय लगातार पाँच कारोबार दिन घटेको नेप्से परिसूचक बुधवार १ दशमलव ६१ प्रतिशतले बढेर २ हजार ५६८ दशमलव २५ विन्दुमा पुगेको छ । ‘नयाँ अंग्रेजी वर्ष लागेसँगै प्रत्येक बुधवार बजार घटेको रेकर्डले पछिल्लो समय लगानीकर्तामा बुधवार बजार घट्छ भन्ने मनोविज्ञान विकास भएको थियो,’ एक जना लगानीकर्ता दुर्गा तिवारीले भनिन्, ‘उक्त रेकर्ड ब्रेक भएसँगै लगानीकर्तामा बुधवारको कारोबारका विषयमा रहेको अनुमान गलत प्रमाणित भएको छ ।’ धितोपत्रको दोस्रो बजारको उतारचढाव लगानीकर्ताको मनोविज्ञानमा समेत भर पर्ने भएकाले आगामी दिनमा बुधवार बजार घट्छ भन्ने मान्यता अन्त्य हुने विश्वास उनको छ । पछिल्लो समय निरन्तर पाँच कारोबार दिन घटेको बजार बुधवार लगानीकर्ता सस्तोमा शेयर उठाउन सक्रिय हुँदा ‘बाउन्स ब्याक’ भएको तिवारीको भनाइ छ । सरकारको पूँजीगत खर्च बढ्दै जाँदा बजारमा तरलता सहज हुने विश्वाससहित लगानीकर्ता बजारप्रति सकारात्मक बनेको उनी बताउँछिन् । अहिलेको बजारमा सूचीकृत कम्पनीहरूको शेयर मूल्य निकै तल आइसकेकाले लगानीकर्ता सस्तोमा शेयर किन्न उत्साहित देखिएको उनको बुझाइ छ । वित्तीय क्षेत्रमा लगानीयोग्य पूँजीको अभाव र ब्याजदर वृद्धिले धितोपत्र बजार प्रभावित बनेको भन्दै उनले यो समस्या समाधान गर्न सरोकारवाला निकायलाई आग्रहसमेत गरिन् । अर्का लगानीकर्ता नयन बाँस्तोलाले पनि बुधवार बजार घट्ने प्रवृत्तिमा ब्रेक लाग्दा लगानीकर्तामा सकारात्मक प्रभाव परेको बताए । लामो समय बुधवारको बजार निरन्तर घटेकै कारण लगानीकर्ताको मनोविज्ञानमा परेको असर भोलीका दिनमा समाप्त हुनेमा उनी आशावादी छन् । पछिल्लो समय पूँजीबजारका लगानीकर्ता सामाजिक सञ्जालमा आएका अभिव्यक्तिबाट पनि प्रभावित हुने गरेकाले बजारसम्बद्ध पक्षले सामाजिक सञ्जालमा लेख्दा ध्यान दिनुपर्ने उनले बताए । चुनावी माहोल बन्दै जाँदा वित्तीय प्रणालीमा तरलता थपिने आशले बजारलाई सकारात्मक बनाउने विश्वास उनको छ । बुधवार पाँच कारोबार दिनपछि बढेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य एकै दिन ५९ अर्ब ४१ करोड रुपैयाँले बढेको छ । मंगलवार ३५ खर्ब ८६ अर्ब रहेको कुल बजार पूँजीकरण बुधवार ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको हो । यस दिन कारोबारमा आएका सबै समूहगत उपसूचकहरू बढेका छन् । ‘अन्य’ समूहका लगानीकर्ताले सर्वाधिक कमाएको यो दिन चार कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा बढेको छ । इमर्जिङ नेपालको १० प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ९ दशमलव ९९ प्रतिशत र सामलिङ पावर कम्पनी लिमिटेडको ९ दशमलव ८४ प्रतिशत शेयर मूल्य बढेको हो । बुधवार बढेको बजारमा २ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको ४५ लाख २ हजार ५११ कित्ता धितोपत्र खरीद–विक्री भएको छ । कारोबार अवधिभर २३२ धितोपत्रमध्ये १९९ धितोपत्रको मूल्य बढेर बन्द भएको छ भने २४ धितोपत्रको मूल्य घटेर बन्द भएको छ । बाँकी ९ धितोपत्रको मूल्य भने अघिल्लो कारोबार दिनको तुलनामा स्थिर रहेको छ । मूल्य घटेर कारोबार हुनेमा भने ‘९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६’ शीर्ष स्थानमा रहेको छ । सो डिबेन्चरको मूल्य २ प्रतिशत घट्दा अन्तिम मूल्य रू. ९२१ दशमलव २० मा सिमित छ । समूहगत कारोबार रकमका आधारमा बुधवार जलविद्युत समूहले सर्वाधिक हिस्सा ओगटेको छ । बुधवारको कुल कारोबारमध्ये २० दशमलव ३९ प्रतिशत हिस्सा ओगटेको उक्त समूहको मात्रै रू. ४५ करोड ८७ लाख बराबरको धितोपत्र किनबेच भएको छ । त्यसैगरी वाणिज्य बैंक समूह सर्वाधिक कारोबार गर्ने समूहमध्ये दोस्रो स्थानमा रहेको छ । उक्त समूहको रू. ३१ करोड ८८ लाख बराबरको धितोपत्र किनबेच भएको छ । कारोबारमा आएका १३ समूहकै परिसूचक बढेर बन्द भएको छ । ‘अन्य’ समूहको परिसूचक सर्वाधिक ४ दशमलव १२ प्रतिशत बढेको छ । यस्तै विकास बैंक समूह र वित्त समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । बुधवारको बजारमा ब्रोकर नं. ५८ सर्वाधिक कारोबार गर्नेमध्ये शीर्ष स्थानमा रहेको छ । उक्त ब्रोकरबाट मात्रै रू. ३२ करोड ३ लाख बराबरको धितोपत्र कारोबार भएको हो । कारोबार अवधिमा उक्त ब्रोकरबाट रू. २१ करोड १५ लाख बराबरको धितोपत्र विक्री भएको छ भने रू. १० करोड ८७ लाख बराबरको धितोपत्र खरीद भएको देखिन्छ । हालको बजारमूल्य बिहीवारको दैनिक पिभटभन्दा माथि छ । तर, यो साताको साप्ताहिक पिभट र चैतको मासिक पिभटभन्दा तल छ ।

नेप्सेमा २ वाणिज्य बैंक सहित ६ कम्पनीको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस १९ गते सोमबार ६ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज पुस १९ मा बुक क्लोज गर्ने निर्णय गरेका हिमालयन बैंक, सेन्चुरी बैंक, कालिका पावर कम्पनी लिमिटेड, मिर्मिरे लघुवित्त, प्रोग्रेसिभ फाइनान्स, र मिथिला लघुवित्तको शेयर मूल्य समायोजन भएको हो ।  सेन्चुरी बैंकको ५.७५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २२६ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २३९ रुपैयाँ थियो ।  हिमालयन बैंकको २१.३८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३९८.७५ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४८४ रुपैयाँ थियो ।  कालिका पावरको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४५०.४३ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५१८ रुपैयाँ थियो ।  मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२९५.८३ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५५५ रुपैयाँ थियो ।  मिथिला लघुवित्तको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५६७.२० रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १९५९ रुपैयाँ थियो ।  प्रोग्रेसिभ फाइनान्सको ७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३३१.६८ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३५४.९० रुपैयाँ थियो ।  पुस १८ गतेसम्म  कायम शेयरधनीले यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश  पाउन सक्ने छन् ।

नबिलले नेपाल बंगलादेश बैंक किन्ने

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि नै चर्चा हुँदै आएको थियो । तर, त्यो प्रक्रियामा अगाडि बढ्न सकेको थिए । अहिले नबिल र नेपाल बंगलादेश बैंक दुवैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका हुन् । नविल बैंकको बुधवार सम्पन्न बोर्ड मिटिङले सञ्चालक सदस्य उदयकृष्ण उपाध्याय संयोजकत्वको मर्जर समिति बनाएको छ । सोही समितिले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न छलफल अगाडि बढाउने बताइएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सञ्चालक सदस्य उपाध्यायको संयोजकत्वमा मर्जर समिति बनाएको जानकारी दिए । बुधवार सम्पन्न बोर्ड मिटिङले मर्जर समिति बनाएको र सोही समितिले नेपाल बंंगलादेश बैंकसँग छलफल गर्ने उनको भनाइ छ । ‘हामीले आधिकारिक रूपमा नेपाल बंगलादेश बैंकलाई नै प्राप्ति गर्ने भनेर मर्जर समिति बनाएका होइनौं । उससँग छलफल भने भइरहेको छ,’ उनले भने, ‘अन्य १÷२ बैंकलाई पनि प्राप्तिका लागि हेरिरहेका छौं ।’ नेपाल बंंगलादेश बैंकले पनि मर्जर समिति बनाएको छ । बिहीवार भएको बोर्ड मिटिङले मर्जर समिति बनाएको बताइएको छ । यी दुई बैंकबीच आवश्यक सहमति भएमा संयुक्त रूपमा मर्जर समिति बन्नेछ । त्यसपछि थप प्रक्रिया अगाडि बढ्ने नबिल बैंकका सीईओ शाहको भनाइ छ । नेपालमा पछिल्लोपटक ग्लोबल आईएमई बैंकले क वर्गकै जनता बैंकलाई प्राप्ति गरेको थियो । अहिले क वर्गकै नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक पनि एकअर्कामा मर्ज हुने प्रक्रियामा छन् । अहिले आएर नबिल र नेपाल बंगलादेश पनि बिग मर्जरको तयारीमा रहेको देखिन्छ । नबिल बैंकमा नेपालको चौधरी समूहको लगानी छ । नेपाल बंगलादेश बैंकमा भने बंगलादेशको आईएफआईसी बैंकको शेयर लगानी छ । चौधरी समूहका अध्यक्ष विनोद चौधरीले गतवर्षदेखि नै नेपाल बंंगलादेश बैंकमा रहेको आईएफआईसी बैंकको शेयर किन्न खोजिरहेका थिए । तर, त्यसमा विभिन्न अवरोध आइरहेको थियो । अहिले राष्ट्र बैंकले त्यो अवरोध हटाएको बताइएको छ । अहिले आईएफआईसी बैंक पनि नेपाल बंगलादेश बैंकको शेयर विक्री गरेर बाहिरिने तयारीमा छ । चौधरी समूहले सोही शेयर किनेर बैंक नै नबिल बैंकसँग गाभ्ने तयारी गरेका थिए । यसअघि पनि यी दुई बैंक मर्ज हुने विषयमा चर्चा चलेको थियो । तर, स्वाप रेसियोबारे सहमति हुन नसक्दा त्यो सफल हुन सकेको थिएन । अहिले अनौपचारिक रूपमा स्वाप रेसियाबारे केही हदसम्म सहमति भइसकेको छ । अन्तिम टुंगो भने सम्पत्ति तथा दायित्व अध्ययन (डीडीए) गरेपछि मात्र हुने बताइएको छ । दुवै बैंकले डीडीए प्रक्रिया पनि अगाडि बढाएको बताइएको छ । मर्जरको विषय बाहिर आएपछि बुधवार नेपाल बंगलादेश बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । बुधबार बैंकको शेयर मूल्य ९ दशमलव शून्य ८ प्रतिशतले बढेर प्रतिकिता ४०२ पुगेको थियो । नबिल बैंकको शेयर मूल्य भने प्रतिकित्ता १४५० रुपैयाँ रहेको छ ।

नेप्सेमा २ वाणिज्य बैंक सहित ३ कम्पनीको शेयर मूल्य समायोजन

आज पुस ४ गते आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वाणिज्य बैंक सहित ३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ। साधारणसभा प्रयोजनको लागि आज पुस ४ गते आइतबार बुक क्लोज गर्ने निर्णय गरेका प्रभु बैंक, सनराइज बैंक र मनकामना स्मार्ट लघुवित्तको मूल्य समायोजन भएको हो । पुस १ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा  भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३३३.३३ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५६० रूपैयाँ रहेको थियो । प्रभु बैंकको १२ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २९४.७३ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३३०.१० रूपैयाँ रहेको थियो । सनराइज बैंकको ६.६५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २५४.१० कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २७१ रूपैयाँ रहेको थियो । मनकामना स्मार्ट लघुवित्त वित्तीय सँस्थाले  पुस १९ गते रुपन्देहीको सिद्धार्थनगर स्थित होटेल पौवामा साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को नाफाबाट १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ।  हाल लघुवित्तको चुक्तापुंजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ।  स्मार्ट लघुवित्तसँग साउनमा एकीकृत कारोबार गरेकाले सेयरधनिहरुलाई लाभांशमा कर छुट हुनेछ। लघुवित्तको साधारणसभाले पारित गरे पश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गतेदेखि पुस १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव हरु : सामान्य प्रस्तावहरुः१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसंग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने । साथै, साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/०७८ को मिति २०७७/०४/०१ देखि २०७७ /०४/१० गते सम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।३. साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/०७८ को मिति २०७७/०४/०१ देखि २०७७/०४/१० गतेसम्मको कारोवारको लेखापरीक्षण गर्नकालागि नियक्त लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनमोदन गर्ने ।४. लेखापरीक्षण समितिको सिफारिश बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्नकालागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक पुनः नियुक्तिकालागि योग्य हुनुहुन्छ।)५. वित्तीय संस्थाको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुइ) जना संचालकको निर्वाचन गर्ने । विशेष प्रस्तावहरुः१. सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ को खुद मुनाफाबाट वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी रु.१२,११,५०,०००/- को १७ प्रतिशतले हुन आउने रकम रु.२,०५,९५,५००/(अक्षरेपी दुई करोड पाँच लाख पन्चानब्बे हजार पाँच सय मात्र) बराबरको बोनश शेयर जारी गर्ने ।२. बोनश शेयर जारी गरे पश्चात् वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही हदसम्म जारी तथा चुक्ता पूँजी कायम गर्न वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(ख) र ६(ग) मा संशोधन गर्ने ।३. वित्तीय संस्थाको नियमावलीको नियम ३२ को १ (ख) र १ (ग) संसोधन गर्ने।४. यस मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य ईजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्न गाभिन वा प्राप्ति गर्न वा अन्य लघुवित्त वित्तीय संस्था संग गाभिनका लागि उपयुक्त देखिएमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा गर्नपर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन तथा सो सम्बन्धीआवश्यक निर्णय गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।५. वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, परिमार्जन वा थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न गराउन वित्तीय संस्थाको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । प्रभु बैंक Prabhu Bank Limited ले पुस १८ गते आइतबार बबरमहल स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले हाल कायम चुक्ता पुंजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु : सामान्य प्रस्ताव१. आ.व.२०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।३. बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको आ.व.२०७७/०७८ को वित्तीय विवरण सहितको एकिकृत (Consolidated) वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।४.बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व.२०७८/०७९ का लागि लेखापरीक्षण समितिको सिफारिश बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।५. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ मा कायम चुक्ता पूँजी रु.११,३४,७०,५७,२९९/ को ०.६३ प्रतिशतले हुने रु.७१६,६५,६२५/- (रु.सात करोड सोह लाख पैसट्ठी हजार छ सय पच्चीस मात्र) कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने । विशेष प्रस्ताव १. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ मा कायम चुक्ता पूँजी रु.११,३४,७०,५७,२९९/ को १२ प्रतिशतले हुने रु.१,३६,१६,४६,८७६/- (रु.एक अर्व छत्तीस करोड सोह लाख छयालीस हजार आठ सय छयहत्तर मात्र) बराबरको बोनस शेयर वितरण गर्ने तथा बोनस शेयर वितरणका कारणले बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि सम्बन्धी प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।२. वैकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।३, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङन (Due Diligence Audit DDA) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने /गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।४. प्रबन्धपत्र, नियमावलीका विभिन्न दफा/नियम संसोधन गर्ने ।५. प्रबन्धपत्र, नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र, नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।सनराइज बैंक Sunrise Bank Limited  ले पुस १५ गते बिहिबार बालुवाटार स्थित आम्रपालि ब्यान्क्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.३५ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : सामान्य प्रस्ताव :१. अध्यक्षज्यको मन्तव्य सहतिको आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७/०७८ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने ।३. यस बैंक तथा बैंकको सहायक कम्पनी साइज क्यापिटल लिमिटेडको आ व २०७७/०७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण छलफल गरी पारित गर्ने ।४, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिश अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने । (वर्तमान लेखापरीक्षक चार्टर्ड एकाउण्टेण्ट श्री गोपाल प्रसाद राजबाहक (जी.पी, राजबाहक एण्ड कम्पनी) पुनः नियुक्तिको लागि योग्य हुनुहुन्छ)।५. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ०.३५% दरले हुन आउने रकम रु. ३,३२,०७८०५/७५ (अक्षरेपी तीन करोड बत्तीस लाख सात हजार आठ सय पाँच रुपैयाँ र पैसा पचहत्तर मात्र। (बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि वितरण गर्न स्वीकृत गर्ने । विशेष प्रस्ताव१. संचालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पूँजीको ६.६५% का दरले हुन आउने रकम रु. ६३,०९,४८,३०९/२१ (अक्षरेपी त्रिसट्टी करोड नौ लाख अड्चालीस हजार तीन सय नौ रुपैयाँ र पैसा एक्काईस मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने ।२. बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजीलाई निम्नानुसार बृद्धि गरी प्रबन्ध पत्र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।क) हालको अधिकृत पूँजी रु १०००,००,००,०००/- (अक्षरेपी दश अर्ब रुपैयाँ मात्र लाई बृद्धि गरी रु. १५,००,००,००,०००/- (अक्षरेपी पन्ध अर्ब रुपैयाँ मात्रः पुर्याउने।ख) बोनस शेयर वितरणबाट बैंकको हालको जारी तथा चुक्ता पुँजी रु. ९,४८,७९,४४,४९९/३९ (अक्षरेपी नौ अर्ब अड्चालीस करोड उनानअस्सी लाख चौवालीस हजार चार सय उनान्सय रुपैयाँ र पैसा उनान्चालीस मात्र लाई बृद्धि गरी रु. १०,११,८८,९२,८०८.६० (अक्षरेपी दश अर्ब एघार करोड अठासी लाख बयानब्बे हजार आठ सय आठ रुपैयाँ र पैसा साट्टी मात्र) पुर्याउने ।३. नेपाल राष्ट्र बैंकको स्वीकृति लिई अध्यक्ष तथा संचालकले संचालक समितिको वैठकमा उपस्थित भए बापतको भत्ता तथा संचालक समितिका सदस्यहरुका लागि भारत बाहेकका मुलुकमा भ्रमण गर्दा प्रदान गरिने दैनिक भ्रमण भत्ता तथा मोबाईल टेलिफोन पत्रपत्रिका खर्च वापत मासिक रकम बृद्धि गर्न नियमावलीको सम्बन्धित नियममा संशोधन गर्न स्वीकृत गर्ने ।४. सन्राइज बैंक लि. र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने (Merger) वा प्राप्ति (Acquisition) गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने।५. बैंकको प्रबन्धपत्र नियमावलीमा पारित गरिएको संशोधन प्रस्तावमा नियमनकारी निकायबाट जस्तैः कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक आदि। कनै फेरबदल, थपघट गर्न निर्देशन वा सझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।