माओवादीको प्रतिबद्धतापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली

काठमाडौं : आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमवार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।  प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरुप प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको र आम जनताको पहुँच…