सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतीय प्रणालीको आवश्यकता औंल्याएका छन् । मंगलबार जनकपुरधाममा जसपा नेपालको भ्रातृ संगठन समाजवादी युवा संघ नेपालको राष्ट्रिय भेला उद्घाटन कार्यक्रममा यादवले वर्तमान संसदीय व्यवस्थाका कारण राजनीतिक अस्थिरता बढेको बताए ।उनले राजनीतिक अस्थिरता अन्त्य गर्न, विकास र समृद्धिको बाटोमा लाग्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको विकल्प नरहेको बताए । अध्यक्ष यादवले भने, ‘अहिलेको संसदीय