काठमाडौं : नेकपा माओवादीले स्थिर राजनीतिका लागि शासकीय स्वरुप परिवर्तन गर्ने प्रस्ताव अघि सारेको छ। सोमवार पार्टीको मुख्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र जारी गर्दै उक्त प्रस्ताव अघि सारेका हुन्।
माओवादीले घोषणा पत्रमा संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने…