काठमाडौं : रसुवाको दक्षिणी कोलडाँडामा पहिरोले एउटा घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। दुई बेपत्ता भएका छन्। निरन्तरको वर्षापछि आएको पहिरोले नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा बुधबार राति श्यामबहादुर घलानको घर परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।पहिरोमा परी श्यामबहादुरकी श्रीमती ३२ वर्षीया कमला घलान र ८ वर्षीया सुकुमाया घलानको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए। पहिरोमा परी, ११ वर्षीया सोकित