बढ्यो डिजिटल कारोबारको भुक्तानी

काठमाडौं। गत आर्थिक वर्षमा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बाट हुने भुक्तानी ११७ प्रतिशतले बढेको छ। एसीएचएलका विभिन्न माध्यमबाट गत आर्थिक वर्षमा चारकरोड ४७लाख भन्दा बढी भुक्तानी कारोबार भएका छन्। एनसीएचएल–इसीसी, एनसीएचएल – आईपीएस र कनेक्ट आईपीएस लगायतका माध्यमबाट भुक्तानी गर्न मिल्छ। यसमा नेपाल सरकार लगायतका अन्य संस्थाहरुले प्रयोग गर्ने माध्यम पनि फरक छ। यी सबै क्लियरिङ हाउसकै भुक्तानी माध्यम हुन्।

सम्बन्धित सामग्री

क्युआर कोडमार्फत भुक्तानी र कारोबार दुवै बढ्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकले पनि पछिल्लो समय सर्वसाधारणको रोजाइमा डिजिटल कारोबार तथा भुक्तानी पर्न थालेको देखाएको छ।...

डिजिटल कारोबार र भुक्तानी दुवै बढ्यो

अहिले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरहरूमा चियापसल, तरकारी पसल, किराना पसलदेखि ठूला-ठूला सपिङमलमा मात्रै होइनन्, सामान्य खालमा भट्टीपसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ।...

देखापढी विजिनेश न्यूज

काठमाडौं।‘रिस्टोर’ हुने सफ्टवेयर प्रयोग गर्दा पनि अर्थ मन्त्रालयको सीसीटीभी फुटेज भेटिएन। नेपाली साझेदार राखेर पुँजी थप गरेपछि विदेशी लगानीका ट्राभल एजेन्सी नवीकरण हुने भएका छन्। आईपीओ भर्दा लाग्ने आस्वा शुल्क घटाउन सकिने धितोपत्र बोर्डको सुझाव दिएको छ। एक अर्ब ३१ करोडको कारोबार हुँदा नेप्से १८ दशमलव ०३ अंकले बढ्यो। सनराइज बैंक र फोकस वान पेमेन्ट सोलुसन्स्बिच डिजिटल भुक्तानी सम्झौता भयो।

बढ्यो अनलाइन भुक्तानी

काठमाडौं । अनलाइन व्यापार (इ–कमर्श) मा विद्युतीय माध्यमबाट हुने भुक्तानी बढ्दै गएको देखिएको छ । नेपालमा ई–कमर्श पहिलेदेखि नै फस्टाए पनि भुक्तानी भने नगद (क्यास) मै हुने गरेको थियो । तर, पछिल्लो समय भुक्तानी पनि विद्युतीय अर्थात् अनलाइन माध्यमबाट बढी हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबाट प्राप्त तथ्यांकअनुसार गत ज्येष्ठयता अनलाइन व्यापारमा विद्युतीय भुक्तानी निरन्तर बढ्दै गएको छ । रकमका आधारमा मात्र नभएर कारोबार संख्या पनि बढेको देखिएको छ । गत ज्येष्ठमा अनलाइन व्यापारमा विद्युतीय माध्यमबाट रू. १६ करोड १० लाख भुक्तानी भएको थियो । असोजसम्म आउँदा त्यो बढेर मासिक रू. ४५ करोड ५० लाख पुगेको देखिन्छ । गत ज्येष्ठमा अनलाइन माध्यमबाट सामान खरीद गर्दा ३८ हजार ६१३ पटक विद्युतीय माध्यमबाट भुक्तानी भएको छ । असोजमा भने ७६ हजार ३५७ पटक यस्तो भुक्तानी भएको देखिन्छ । पहिला आम ग्राहकले अनलाइनमार्पmत सामान खरीद गरे पनि भुक्तानी भने नगदमा नै दिने गरेका थिए । तर, पछिल्लो समय भुक्तानी पनि अनलाइन माध्यमबाट गर्ने प्रवृत्ति बढेको राष्ट्र बैंकका प्रवक्ता देवककुमार ढकाल बताउँछन् । ‘अहिले आम मानिसको बानी फेरिइसक्यो । नगद बोक्न छोडिसकेको अवस्था छ, जहाँ पनि अनलाइन भुक्तानी नै गर्न खोज्छन्,’ उनले भने, ‘त्यसैले अनलाइन व्यापारमा विद्युतीय माध्यमबाट हुने भुक्तानी बढ्दै गएको हो ।’ कोरोनाका कारण विद्युतीय भुक्तानीमा ठूलो फड्को मारिएको उनको भनाइ छ । ‘कोरोना महामारीका कारण आम मानिसले प्रविधिको प्रयोग गर्न थालेका छन् । मानिसहरू नगदभन्दा पनि अनलाइन भुक्तानी गर्न खोज्छन्,’ उनभने भने, ‘त्यसैले पछिल्लो समय कुनै पनि क्षेत्रमा विद्युतीय माध्यमबाट हुने भुक्तानी बढ्दो अवस्थामा छ ।’ अनलाइन भुक्तानी सेवाप्रदायकहरूको दायरा विस्तार हुँदा पनि विद्युतीय भुक्तानी बढ्दै गएको उनको भनाइ छ । ‘अहिले विभिन्न डिजिटल वालेटहरू सञ्चालनमा छन् । बैंकहरूको मोबाइल बैंकिङलाई पनि अझै प्रभावशाली बनाउँदै लगेका छन्,’ उनले भने, ‘त्यही कारण विद्युतीय भुक्तानी बढ्दो छ ।’

१३ % ले बढ्यो बिट्क्वाइनको भाउ

जेठ २७, लन्डन (बेलायत) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ १३ प्रतिशतले बढेको छ ।  एल सल्भाडोरले कानूनी टेन्डरको रुपमा अपनाउन कानून पारित गरेको भोलिपल्ट यसको भाउ बढेको हो । बिहान ४: ४८ ईटीमा यसको भाउ १३ प्रतिशतभन्दा धेरैले बढेर प्रतिगोटा ३७ हजार माथि पुगेको क्वाइन डेस्कको डेटाले देखाएको छ ।  बुधवार एल सल्भाडोरका कानून निर्माताहरुले बिट्क्वानलाई कानूनी टेन्डर बनाउने कानून पारित गरेका थिए । यसको अर्थ अब मूल्य बिट्क्वाइनमा पनि देखाइने छ र करदाताहरुले यसैमार्फत कर पनि भुक्तानी गर्न सक्नेछन् ।  बिट्क्वाइनलाई परम्परागत मुद्राको विकल्पको रुपमा चित्रित गर्नेहरुले यस कदमको स्वागत गरेका छन् । बिट्क्वाइन प्रविधिको प्रयोग गर्न आधुनिक वित्तीय पूर्वाधार निर्माण गर्न एल साल्भाडोरले डिजिटल वालेट कम्पनी स्ट्राइकसँग साझेदारी गरेको छ । बिहीवार अन्य क्रिप्टोकरेन्सीको भाउ पनि बढेका छन् । एजेन्सी

बढ्यो कनेक्ट आइपिएसको भुक्तानी सीमा

कनेक्ट आइपिएसमार्फत हुने डिजिटल भुक्तानीको सीमा बढेको छ । नेपाल क्लियरिङ हाउसका अनुसार अब कनेक्ट आइपिएस डटकमबाट एक दिनमा २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ। यसअघि यस्तो सीमा १० लाख रुपैयाँसम्मको थियो । त्यस्तै कनेक्ट आइपिएसको मोबाइल एपबाट अब दैनिक २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने भएकोछ । यसअघि यस्तो सीमा १ लाख रुपैयाँसम्मको थियो […]

बढ्यो क्युआर कोडमार्फतको भुक्तानी

४ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यूनमात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकामा माघमा …