देखापढी विजिनेश न्यूज

काठमाडौं।‘रिस्टोर’ हुने सफ्टवेयर प्रयोग गर्दा पनि अर्थ मन्त्रालयको सीसीटीभी फुटेज भेटिएन। नेपाली साझेदार राखेर पुँजी थप गरेपछि विदेशी लगानीका ट्राभल एजेन्सी नवीकरण हुने भएका छन्। आईपीओ भर्दा लाग्ने आस्वा शुल्क घटाउन सकिने धितोपत्र बोर्डको सुझाव दिएको छ। एक अर्ब ३१ करोडको कारोबार हुँदा नेप्से १८ दशमलव ०३ अंकले बढ्यो। सनराइज बैंक र फोकस वान पेमेन्ट सोलुसन्स्बिच डिजिटल भुक्तानी सम्झौता भयो।