१३ % ले बढ्यो बिट्क्वाइनको भाउ

जेठ २७, लन्डन (बेलायत) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ १३ प्रतिशतले बढेको छ ।  एल सल्भाडोरले कानूनी टेन्डरको रुपमा अपनाउन कानून पारित गरेको भोलिपल्ट यसको भाउ बढेको हो । बिहान ४: ४८ ईटीमा यसको भाउ १३ प्रतिशतभन्दा धेरैले बढेर प्रतिगोटा ३७ हजार माथि पुगेको क्वाइन डेस्कको डेटाले देखाएको छ ।  बुधवार एल सल्भाडोरका कानून निर्माताहरुले बिट्क्वानलाई कानूनी टेन्डर बनाउने कानून पारित गरेका थिए । यसको अर्थ अब मूल्य बिट्क्वाइनमा पनि देखाइने छ र करदाताहरुले यसैमार्फत कर पनि भुक्तानी गर्न सक्नेछन् ।  बिट्क्वाइनलाई परम्परागत मुद्राको विकल्पको रुपमा चित्रित गर्नेहरुले यस कदमको स्वागत गरेका छन् । बिट्क्वाइन प्रविधिको प्रयोग गर्न आधुनिक वित्तीय पूर्वाधार निर्माण गर्न एल साल्भाडोरले डिजिटल वालेट कम्पनी स्ट्राइकसँग साझेदारी गरेको छ । बिहीवार अन्य क्रिप्टोकरेन्सीको भाउ पनि बढेका छन् । एजेन्सी