काठमाडौं : सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा. गंगादत्त आचार्यलाई सार्स एग्रिकल्चर सेन्टर ढाकामा सिनियर प्रोग्राम स्पेशलिस्ट पद