कर्मचारीकाे नयाँ तलबमान र ग्रेड स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाण्डौ – सरकारले कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको छ । साउन २६ गते बसेकाे मन्त्रिपरिषद्काे बैठकले यस्ताे निर्णय गरेकाे हाे । सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर (झन्डै १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेक...