आउन थाले मतदान सामग्री, प्रक्रिया पूरा गरी जिल्ला जिल्लामा पठाउने तयारी

काठमाण्डाै - पालिका चुनावका लागि प्रयोग हुने मतदान सामग्री आउन थालेका छन् । मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक साना आकारका सामग्री आइसकेको तर मतदानमा प्रयोग हुने छेकबार, लाहा अझै नआएको निर्वाचन आयोगले जनाएको छ । नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, मसी, स्टिच र पिन, पन्चिङ मेसिन, मार्कर, कलम, मास्क, स्यानिटाइजरलगायत आइपुगेको छ । यी धेरैजसो सामग्री भारतबाट आएका छन्। चुनावमा ५६ प्रकारका सामग्री प्रयोग हुनेछन् । मतपेटिका चीनबाट आयात भइसकेको तर अहिलेसम्म आयोगले बुझिनसकेको प्रवक्ता शालिग्राम शर्मा पौड...

सम्बन्धित सामग्री

निर्वाचनमा सुरक्षा प्रत्याभूति

स्थानीय तहको भोलि शुक्रबार हुने निर्वाचनको सबै तयारी पूरा भएको छ । नयाँ संविधान जारी भएपछिका दोस्रो पटकको निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, आममतदाता तथा अन्य सरोकारवाला पक्षमा स्वतस्र्फूत रूपमा उत्साह एवं उमङ्गको वातावरण बनेको छ । निर्वाचनको तयारी स्वरूप मुलुकभरका ७५३ स्थानीय तहका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगिसकेको आयोगले जानकारी गराएको छ ।

भारतमा रहेका नेपाली मतदानका लागि फर्किए

टीकापुर । शुक्रवार हुन लागेको स्थानीय तह निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । स्थानीय तहमा आफ्नो जनप्रतिनिधि छनोटका लागि मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा रहेका नेपालीहरू स्वदेश फर्कन थालेका हुन् । आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु पर्‍यो भनेर  छिमेकीले खबर गरेपछि आफ्नो सात जनाको परिवार स्वदेश फर्किएको जानकी गाउँपालिकाका विकास धामीले बताए ।  ‘आफ्नो मताधिकार प्रयोग गर्न भारतमा रहेका अन्य नेपाली पनि घर फर्केका छन्, हामी १५ दिनको बिदा मिलाएर आएका हौं,’ उनले भने, ‘निर्वाचनमा छिमेकी उठेका छन् । उनलाई मतदान गर्न आउनुपर्‍यो भनी बोलाएपछि हामी आयौं ।’ स्वदेश फर्कनेहरू मतदान गर्ने अधिकार प्रयोग गर्न र सक्षम नेतृत्व चयनका लागि आएको बताउँछन् । कैलालीको जानकी गाउँपालिकाकी कमला न्यौपाने दम्पती पनि स्थानीय तहको निर्वाचनमा मतदान गर्नकै लागि स्वदेश फर्किएका छन् । न्यौपाने मतदान सकिएपछि भारत फर्कने बताउँछिन् । ‘हामीले निर्वाचन हुँदै छ भन्ने कुरा समाचारमा थाहा पायौं,’ उनले भनिन्, ‘आफन्तसँग पनि फोनमा कुराकानी भइरहन्थ्यो ।’ मतदान गर्नु नागरिकको अधिकार भएकाले असल नेतृत्व छनोट गर्ने अधिकार सुनिश्चित गर्नका लागि प्रवासमा रहेका नेपाली धमाधम स्वदेश फर्किन थालेका हुन् । भारतको महाराष्ट्रबाट लम्की चुहा प्रतापपुरका सुरेश विकको ९ जनाको परिवार पनि स्वदेश फर्किएको छ । ‘हामी दाइभाइ र हाम्रा परिवार गरी नौ जना छौं, नौ जनाले नै मतदान गर्न पाउँछौं,’ विकले भने, ‘आफन्तसँग भेटघाट पनि हुन्छ । निर्वाचनमा पनि सहभागी हुन्छौं ।’ वैशाख महिनायता भारतबाट फर्कने ४०० जना भन्दा बढीले सीमामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराएका छन् । पछिल्लो एक सातायता सङ्ख्या अझै बढेको छ । नेपाल फर्कने अधिकांश व्यक्ति मतदान गर्नकै लागि आउने गरेको टीकापुर ९ स्थित सीमामा रहेको स्वास्थ्य सहायता कक्षमा कार्यरत स्वास्थ्यकर्मी मकेन्द्र रोकायाले बताए । ‘हिजोआज फर्कने अधिकांश मतदान गर्नकै लागि आएको भन्छन्, एक सातादेखि सङ्ख्या बढिरहेको छ,’ उनले भने, ‘चालू आर्थिक वर्षको अहिलेसम्म चार हजार ६९८ जना भारतबाट फर्कनेले सेवा लिएका छन् । हेल्थ डेस्कमा स्वास्थ्यमा समस्या भएकाहरूले सेवा लिन्छन् ।’ कैलालीमा निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालीम दिई मतदान सामग्री हस्तान्तरण गरिएको बताए । रासस

कर्णालीमा निर्वाचनको तयारी पूरा, सबै मतदान स्थलमा कर्मचारी खटिए

सुर्खेत – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान सामग्री, जनशक्ति व्यवस्थापन र सुरक्षा व्यवस्थालगायतका तयारी पूरा गरिएको कार्यालयले जनाएको छ । निर्वाचनको लागि सुर्खेतका सबै मतदान केन्द्रहरुमा कर्मचारी पठाइएको छ । मतदान सामग्रीसहित कर्मचारी खटाइएको नि...

कर्णालीमा निर्वाचनको तयारी पूरा, सबै मतदान स्थलमा कर्मचारी खटिए

सुर्खेत – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान सामग्री, जनशक्ति व्यवस्थापन र सुरक्षा व्यवस्थालगायतका तयारी पूरा गरिएको कार्यालयले जनाएको छ । निर्वाचनको लागि सुर्खेतका सबै मतदान केन्द्रहरुमा कर्मचारी पठाइएको छ । मतदान सामग्रीसहित कर्मचारी खटाइएको नि...

कर्णालीमा निर्वाचनको तयारी पूरा, सबै मतदान स्थलमा कर्मचारी खटिए

सुर्खेत – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान सामग्री, जनशक्ति व्यवस्थापन र सुरक्षा व्यवस्थालगायतका तयारी पूरा गरिएको कार्यालयले जनाएको छ । निर्वाचनको लागि सुर्खेतका सबै मतदान केन्द्रहरुमा कर्मचारी पठाइएको छ । मतदान सामग्रीसहित कर्मचारी खटाइएको नि...

स्थानीय तहको चुनाव : १२ अर्ब खर्च हुने निर्वाचन आयोगको आकलन

काठमाडौं । आगामी जेठमा हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १२ अर्ब रुपैयाँ खर्च हुने आकलन गरेको छ । ७५३ ओटै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्दा उक्त बराबर खर्च हुने आयोगका पदाधिकारीहरूले आकलन गरेका हुन् । उनीहरूका अनुसार निर्वाचनमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा धेरै बजेट खर्च हुनेछ । २०७४ सालमा तीन चरणमा निर्वाचन गर्दा ८ अर्बभन्दा बढी रकम खर्च भएको थियो । २०७४ को निर्वाचनपछि करीब २० लाख मतदाता थपिएका छन् । अब सोही अनुपातमा मतदान स्थल तथा मतदान केन्द्र, मतपत्र, मतदान सामग्री आदिमा बजेट वृद्धि हुनेछ । मतदानको स्वच्छता र निष्पक्षता तथा मतदान केन्द्रमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न मतदान केन्द्र तथा मतगणना स्थलहरूमा सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने भएकाले पनि खर्च वृद्धि हुने आयोगको दाबी छ । साथै कोभिड–१९ को कारण स्वास्थ्य सुरक्षा मापदण्डका लागि समेत थप खर्च हुने प्रधानमन्त्री र आयोगका अधिकारीहरूबीचको मंगलवार बालुवाटारमा भएको छलफलमा बताइएको थियो । छलफलमा स्थानीय तहको निर्वाचन आगामी २०७९ साल जेठ ४ गते बुधवार एकै चरणमा गर्ने समझदारी बनेको छ । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो । प्रधानमन्त्री देउवाले आवश्यक प्रक्रिया पूरा गरी तोकिएकै मितिमै निर्वाचन गर्नेगरी तयारी अघि बढाउने वचन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । तर, सत्तारूढ गठबन्धन भित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको थिएन । गत शनिवार बसेको गठबन्धनको बैठकले कानूनमा आवश्यक संशोधन गरेर भए पनि जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले त्यसबारे छलफल अघि बढाएका थिए । प्रधानमन्त्री देउवाले कानूनमा संशोधन नगरी जेठ ४ मै स्थानीय निर्वाचन गर्न सहज हुने सहमतिपछि आयोगलाई छलफलका लागि बोलाएका थिए । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदै छ । त्यसअगावै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने कानूनी बाध्यताबमोजिम निर्वाचनको मिति तय गरिएको देखिन्छ ।

उच्च सुरक्षासहित तयारी पूरा

दोस्रो चरणमा निर्वाचन हुने ५, ६ र ७ नम्बर प्रदेशका जिल्लामा उच्च सुरक्षा सतर्कतकासाथ तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार साँझसम्म सबै निर्वाचनस्थलमा बलियो सुरक्षासाथ मतदान सामग्री र कर्मचारी पुगेका छन् ।

रुपन्देहीमा निर्वाचन तयारी पूरा, ८ हजार सुरक्षाकर्मी परिचालन :: Pahilopost.com

बुटवल :  प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्र रहेको रुपन्देहीमा चुनावी तयारी पूरा भएको छ। मतदानका लागि सामग्री पठाउने, केन्द्रमा खटाउने कर्मचारीको व्यवस्थापन तथा परिचयपत्र वितरणका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख  अध्योध्याप्रसाद भण्डारीले जानकारी दिए।  उनका अनुसार जिल्लामा  ५ सय ९८  केन्द्रमा मतदान सामग्री पठाई