चीनले तिब्बतमा आगामी जुलाई महिनाभित्रमा बुलेट ट्रेन ल्याउने भएको छ ।
यससँगै चिनियाँ मुख्यभूमिका सबै प्रान्तीय स्तरका क्षेत्रमा द्रुत गतिको ट्रेन सेवा शुरू हुने भएको छ ।
ल्हासासम्मको ४३५ किलोमिटर लामो रेल लिंकमा फुसिङ द्रुत गतिका ट्रेनहरू दौडिने चाइना स्टेट रेलवे ग्रूप कम्पनी लिमिटेडका बोर्ड अध्यक्ष लु दोङ्फुले बताए ।
ल्हासालाई पूर्वी तिब्बतको निङ्चीसँग जोड्ने रेलवे लाइनको काम सन् २०१४ मा शुरू गरिएको थियो । यो तिब्बतको पहिलो विद्युतीय रेलमार्ग हो र जुलाई महिनासम्ममा सञ्चालनमा आउने अपेक्षा छ ।
&...