तिब्बत आइपुग्यो विद्युतीय बुलेट ट्रेन, काठमाडौं कहिले आउला ?

काठमाडौं।चीनले आज तिब्बतमा पहिलो पटक विद्युतीय बुलेट ट्रेन सञ्चालनमा ल्याएको छ।यो रेलसेवा तिब्बतको राजधानी ल्हासा र निंगचीबीच सुरु गरिएको हो।चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यो रुट ४३५ किलोमिटर रहेको छ।रेलको स्पीड प्रतिघण्टा १६० किलोमिटर रहेको छ।यो रेलसेवाले सीमा सुरक्षा र स्थिरता कायम गर्न सघाउने जनाइएको छ।चीनले तिब्बतको सिंगात्सेबाट काठमाडौंसम्म रेलसेवा जोड्न सघाउने बताउँदै आएपनि काम अघि बढेको छैन।

सम्बन्धित सामग्री