बैंक, ब्याज, आलु र प्याज

ओलीजीको रेलले बाटो बिरायो जस्तो छ । सिंहदरबार जानुपर्ने रेल कहिले लैनचौर पुग्दिन्छ, बालुवाटार पुग्नुपर्नेमा पालुङटारतिर पो हुत्तिन्छ । कहिले एकैचोटि शितलनिवास फुत्किन्छ । अहिले चैं सर्वोच्च भवन गएर सुस्ताएर बसेको छ । यो त रामै्र भो कि बुलेट ट्रेन आएन । नत्र एकैचोटी नयाँदिल्ली वा पेचिङ पुग्दिन बेर लाग्दैन्थ्यो ! जे होस्, रेल चढ्न नपाउनेहरू कार, बस, मोटरसाइकलमै भए पनि हुँइकिई नै रहेका छन् । किनकि यहाँ सबैलाई हतारो छ । व्यवसायीमाथि कोरोनाभन्दा ठूलो असर अहिले असारको चटारो छ । किनकि सरकार कर असुल्न र बैंकहरू ब्याज असुल्न तम्तयार छन् । दुवैका हात व्यवसायीको कठालोमा छन् । विकासे अफिस र विकासे ठेकेदारको त झन् के कुरा गर्नु ? हिलाम्मे सडकमा अलकत्राको घोल मिसाएर नोट छाप्ने उपक्रम पूरा गर्न अब सात दिन पनि बाँकी छैन । अनि हुँदैन त हतार ? विकासे अफिसका कर्मचारीलाई पनि बिल मिलाउन र दिल मिलाउन भ्याइनभ्याइ छ क्यारे ! नेताहरू मन्त्री बन्नासाथ भन्छन् कि अब यो देशमा गरीबी फेरि राजनीतिका मुद्दा बन्ने छैनन् । ३० वर्षदेखिको यो जोक सुन्दै सुन्दै आएका कति मानिस त अहिले यस धर्तीमा पनि छैनन् । यता शेयर बजारको ग्राफ भने हतारमा छैन, अर्थात् ओरालोमा छ । तर बैंकको ब्याज बढेसँगै र सेबोनका हाकिमहरूका निर्देशन पढेसँगै, लगानीकर्ताको टेन्सनको ग्राफ भने उकालोमा छ । कोरोनाकाल भएर कालोसूचीमा पर्ने डर त छैन । तर बढ्दो ब्याजको पीरले गर्दा धेरैलाई अरू कुरा किन्ने त कुरै छाडौं आलु र प्याजसमेत किनिखाने रहर छैन । अनि साँवा, ब्याज असुल्न बैंकलाई पनि गाह्रो भएको छ । किनकि, जसरी मन्त्री भूपू बनेपछि मानिसहरू तिनका नजिकसम्म पर्दैनन् । त्यसैगरी ऋण लिएर तिर्न नसकेपछि ऋणीहरू बैंकमा त के, त्यो बैंक भएको सडकमा पाइलो राख्ने समेत आँट गर्दैनन् । तर बैंकसँग ऋण लिएपछि कम्तीमा ब्याज त समयमै तिर्नुपर्छ । नतिर्ने नियत हो भने कुनै न कुनै गुण्डाग्याङ वा राजनीतिक दलको झण्डामुनि छिर्नुपर्छ । त्यो दुवै गर्न नसक्नेले डुब्न तयार हुनुपरो । प्याज खा’र पचा’को जस्तो ब्याज पचाउन त हुन्छ नि गारो । त्यसैेले आउनोस्, नारा लगाऔं, ‘कोरोना कहरले गाँजेको यो बेला राष्ट्र बैंकले व्यवसायीलाई ब्याज मिनाहा मिलाउनै पर्छ । सरकारले जनतालाई समयमै भ्याक्सिनको डोज दिलाउनैपर्छ ।’ यति गर्न नसक्ने सरकारभन्दा त बरु गुण्डाहरूकै सरकार बेस होला कि ? हुन त अहिले पनि सरकार दलले चलाको हो कि दलेले वा गुण्डाहरूकै बलले भन्नेमा बहस गर्न सकिन्छ । किनकि तस्कर, गुण्डाहरू र नेताको सम्बन्ध झन्झन् बलियो हँदै गाको छ । त्यसैले त जनताको हालत भने झन् कन्तबिजोग भाको छ । आज नेताका आसेपासेहरूले राज्यका विभिन्न निकायमा ठूलै पद पाइरहेका छन् । विना ज्ञान, विना अनुभव पनि एउटा मात्र होइन, दुईटै हातमा लड्डु थाप्न भ्याइरहेका छन् । बिचौलिया र नेताहरू त सधैं एकअर्काका साथमा छन् । सरकारी काम र ठेक्कापट्टा सबै मिलाउने कुरा यी दुवैका हातमा छन् । किनकि ठेक्काको छ्याकन एकअर्काबीच लाग्छ भोग । लौन, कहिल्यै निको नहुने कस्तो लाग्यो देशलाई यो असाध्य रोग ? यसमा के वाम, के काङ्ग, पाएसम्म सबै दल, नेताले खाने हुन् झ्वाम झ्वाम । तामाकोशी जलविद्युत् आयोजना झण्डै तीन गुणा लागतमा, त्यो पनि ५ वर्ष ढिला गरेर आयो । बीचको त्यत्रो समय र पैसा कसले चैं पचायो ? अब नेवानि, राष्ट्रिय ध्वजावाहक पनि कम्पनीमा लगेर खाने दाउ । त्यसैले त सही कुरा कोही गर्दैनन् कति हो त्यसको साँच्चै भाउ । विना सही सोच र दूरदर्शिता योजनाहरू मात्रै ल्याउनुको के अर्थ ? हामीले अझै कति अमूल्य समय गुमाउनुपर्ने हो व्यर्थ ? हाम्रा युवाले विदेशमा अझै कति श्रम बगाउनुपर्ने हो ? अझै कहिलेसम्म बाँच्नैका लागि ज्यान दाउमा लगाउनुपर्ने हो ? किन होला हाम्रा नेता सधैं जेमा पनि बिकेका ? उनीहरूले विदेशबाट राम्रा कुरा चैं किन कहिल्यै नसिकेका, हँ ? नेताहरू मन्त्री बन्नासाथ भन्छन् कि अब यो देशमा गरीबी फेरि राजनीतिका मुद्दा बन्ने छैनन् । ३० वर्षदेखिको यो जोक सुन्दै सुन्दै आएका कति मानिस त अहिले यस धर्तीमा पनि छैनन् । यसरी हेर्दाहेर्दै न रह्यो धर्म, न बच्यो संस्कृति, न भाषा, न वेष । छ्या ! हेर्दाहेर्दै यी नेताहरूले त तन्नमै पो बनाए नि त्यति राम्रो हाम्रो देश । विश्वमा नेपालको प्रतिष्ठा कति दिन यसरी नै गिराउँदै लाने हो ? कति दिन जनताले आफ्नो भविष्य एउटा अँध्यारो सुरुङमा छिराउँदै जाने हो ? को हुन देशभक्त, को हुन विदेशभक्त, अब त सबैलाई चिन्नैपर्छ । देशलाई अँध्यारो सुरुङमा लैजानेहरूबाट एकएक हिसाब लिनैपर्छ । बच्चैदेखि सुन्दै आएको हो कि अब गरीबको सर्खार आउँछ । तर गरीबको भनेको सरकार त आफै मात्र पो धनी बन्न भ्याउँछ । जता हेर्‍यो त्यतै दुई नम्बरी व्यापारी र नेतामात्र मोटा छन् । अब त चिनौं है यिनीहरू देशका लागि कामै नलाग्ने खोटा छन् । काम गर्ने हातहरूलाई पो हामीले मान्नुपर्छ । देश लुट्ने चोरहरूलाई त अब भाटाले हान्नुपर्छ । अनिमात्र सर्वसाधारणले पनि लिन सक्छन् बैंकबाट ऋण र समयमै तिर्न सक्छन् ब्याज र सजिलै किनेर खान सक्छन् दालभात अनि आलु र प्याज !

सम्बन्धित सामग्री

सम्पत्ति शुद्धीकरण गर्ने दुईलाई पाँच वर्ष कैद

नक्कली कागजात पेस गरी भारतबाट आलु र प्याज आयात गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा दुईजनालाई विशेष अदालतले सजाय सुनाएको छ । ४ पुसमै कसुर कायम भए पनि सोमबार सजाय निर्धारण गरिएको...

आलु–प्याज व्यवसायीको आन्दोलन फिर्ता, आजदेखि कारोबार सहज

काठमाडौं : आन्तरिक उत्पादनमा भ्याट नलगाउने सरकारको प्रष्टीकरणपछि आलु–प्याज व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्। यससँगै चार दिनदेखि ठप्प रहेको आलु–प्याजको कारोबार खुलेको छ। तर भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा प्याजको अभाव छ। प्याज नआएकाले आज मूल्य नै नतोकिएको कालीमाटी तरकारी तथा फलफूल विकास समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए। नेपालमा खपत हुने प्रायः सबै प्याज भारतबाट आउने गर्छ । व्यवसायीको आन्दोलनका कारण चार दिनदेखि प्याज नआउँदा मौज्दात पनि नरहेकाले अभ

बाल दिवस मनाउने अनाैठाे तरिका : विद्यार्थीले ल्याए एक/एक वटा आलु र प्याज

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित लालीगुँरास सेकेण्डरी स्कूलले अनौठो तरिकाले बाल दिवस मनाउने गरेको छ । जसमा यसपालिको बाल दिवसको अवसरमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई ठूलो ठूलो एक/एक वटा आलु र प्याज ल्याउन भनियो । विद्यार्थीहरुले भनेबमोजिम ल्याए पनि । उनीहरुले ल्याएको आलु ५० केजी तथा प्याज ३० केजी भयो । विद्यार्थीहरुले आफूले ल्याएको […]

प्याज अब सुन पसलमा !

यतिबेला प्याजको मूल्य आकासिएको छ। बजेट आउनुअघि ४५ रुपैयाँ थियो। अहिले ९० रुपैयाँभन्दा बढी पुगिसक्यो। कारण हो बजेटमा कृषि उपजमाथि लागेको भ्याट। कृषि उपजमा नेपाल भारतसँग चरम रुपमा निर्भर छ। कृषि उपजमा भ्याट लागेपछि प्याज आयात रोकिएको छ। १० दिनदेखि भारतीय आलु र प्याज आयात बन्द भएको हो। आयात रोकिँदा…

आलु, प्याज र स्याउमा पनि लाग्यो भ्याट, १३ प्रतिशत महँगिने (इन्फोग्राफसहित)

१७ जेठ, काठमाडौं । सरकारले बजेटसँगै सार्वजनिक भएको आर्थिक विधेयक–२०८० मार्फत आधारभूत आवश्यकता र दैनिक उपभोग्य वस्तुहरुमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । केही तरकारी र फलफूलसहित मट्टीतेलमा समेत भ्याट लगाएको छ । तरकारीतर्फ सरकारले आलु र प्याज (हरियोबाहेक) मा भ्याट लगाएको छ भने फलफूलतर्फ स्याउ, एभोकाडो, किबी, ऐंसेलु, श्रीफल, चेरी, स्ट्रबेरी, ब्ल्याकबेरी […]

विगतको तुलनामा आलु र प्याजको उत्पादन बढ्ने अनुमान

काठमाडौं । सरकारले यस वर्ष आलु र प्याजको उत्पादन बढ्ने अनुमान गरेको छ । देशभरिबाट आलु र प्याज उत्पादनको तथ्यांक संकलन कार्य अन्तिम चरणमा पुगेको र विगतका वर्षमा भन्दा उत्पादन बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय कृषिमा भित्रिएको आधुनिक प्रविधिसँगै कृषि पेशा अँगाल्ने र व्यावसायिक खेती गर्ने क्रम बढेकाले उत्पादन बढेको अनुमान गरिएको हो । गत आवको तुलनामा यस वर्ष आलु र प्याज खेती गरिएको क्षेत्रफल, उत्पादकत्व र उत्पादन बढेको पाइएको छ । राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा गत आवको भन्दा २ लाख ८१ हजार २ सय ८९ मेट्रिकटन आलु धेरै फल्ने अनुमान गरिएको छ । गत आवमा १ लाख ९३ हजार ९ सय ९६ हेक्टर जमीनमा आलुखेती गरिएकोमा ३१ लाख १२ हजार ९ सय ४६ मेट्रिकटन आलु उत्पादन भएको थियो । चालू आवमा २ लाख ९९ हजार ४१ हेक्टर जमीनमा आलुखेती गरिएकोमा ३३ लाख ९४ हजार २ सय ३६ मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको केन्द्रले बताएको छ । त्यसैगरी उत्पादकत्व समेत बढेर प्रतिहेक्टर १६ दशमलव ०५ बाट १६ दशमलव १७ पुगेको छ । केन्द्रका बागवानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार देशभरिबाट आलु र प्याज उत्पादनको तथ्यांक संकलन भइसकेको र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसको त्यसको अन्तिम ड्राप्mट तयार गर्ने काम गरिरहेको छ । अहिले उपलब्ध गराइएको तथ्यांक अनुमानित भए पनि धेरै तलमाथि नहुने उनले बताए । केन्द्रको तथ्यांकअनुसार गत आवको भन्दा चालू आवमा ३ हजार ८ सय ६४ मेट्रिकटन प्याज उत्पादन धेरै हुने देखिएको छ । गत आवमा कुल २० हजार ९ सय ८ हेक्टर जमीनमा प्याज खेती गरिएकोमा २ लाख ९१ हजार ५ सय ३८ मेट्रिकटन उत्पादन भएको थियो । चालू आवमा २० हजार ४ सय २४ हेक्टर जमीनमा खेती गरिएकोमा २ लाख ९५ हजार ४ सय २ मेट्रिकटन उत्पादन भएको छ । उत्पादकत्व पनि बढेर १३ दशमलव ९४ बाट १४ दशमलव ४६ पुग्ने बताइएको छ । नेपालमा आफ्नै आन्तरिक उत्पादनले आलु र प्याज अपुग हुने गरेको छ । वार्षिक रूपमा साढे ११ अर्ब रुपैयाँभन्दा बढीको आलु र प्याज भारतलगायत देशबाट आयात हुने गर्दछ । नेपालमा कुल मागको ५० प्रतिशत आलु बाह्य मुलुकबाट आयात हुन्छ । करीब ९५ प्रतिशत प्याज बह्य मुलुकबाट आयात हुने गरेको बताइएको छ ।

अनुगमन टोली पुगेपछि तरकारी बजारका आलु-प्याज व्यापारीकाे भागाभाग

धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा आलु र प्याज बेच्ने ७ जना व्यापारी शुक्रबार बिहानै पसल छोडे हिँडे। त्यहाँ आलु र प्याज बेच्ने ९ वटा पसल छन्। तीमध्ये १ र २ नम्बर स्टलका व्यापारी थिए। बाँकी पसलमा थिएनन्।

दुई महिनामा नौ करोडको आलु प्याज

वीरगञ्ज भन्सार कार्यालय भएर आर्थिक वर्ष २०७६/७७ को पहिलो दुई महिनामा करिब साढे नौ करोडको आलु र प्याज भित्रिएको छ । भारतका विभिन्न सहरबाट वीरगञ्ज नाका भएर साउन र भदौ महिनामामात्र साढे नौ करोड रुपियाँको आलु र प्याज भित्रिएको हो ।