चीनका लडाकू विमानहरू फेरि ताइवानको सीमामा प्रवेश गरेका छन् ।
सन् २०२१ मा चीनका लडाकू विमानहरूले कीर्तिमान कायम गर्दै ताइवानको एयरस्पेसमा प्रवेश गरेका थिए । सन् २०२२ को १५ दिनमा पनि उनीहरू नौपटक त्यहाँ पसिसकेका छन् ।
यी घटनाहरूका कारण चीन र ताइवानबीचको तनाव बढिरहेको छ । ताइवानलाई चीनमा पुनरेकीकरण गर्नका लागि यो सब गतिविधि भइरहेको हो ।
चीनले ताइवानलाई आफ्नै एक प्रान्त मान्ने गरेको छ र अन्ततोगत्वा त्यो फेरि चीनकै हिस्सा हुने बताएको छ ।
उता ताइवान आफूलाई स्वतन्त्र राष्ट्र मान्छ । उसको ...