खाली भयो टेकुको फोहोर स्टेसन

काठमाडौं, भदौ २५। करिब छ महिनापछि टेकुस्थित फोहोर ट्रान्सफर स्टेसन सफा बनेको छ । छ महिनादेखि थुप्रिएको फोहोरको व्यवस्थापन सम्पन्न भएपछि स्टेसन सफा बनेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईले गत वर्ष चैत १६ गतेदेखि त्यहाँ थुप्रिएको सबै फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गरिएको जानकारी दिए । उनका […]

सम्बन्धित सामग्री

बजार छेउमै खाल्डो खनेर पुर्न थालियो पोखराको फोहोर

२० साउन, पोखरा । स्थानीय बासिन्दाले अवरोध गरेपछि पोखरा महानगरपालिकाले शनिबारदेखि दमकल शाखामै खाल्डो खनेर फोहोरको अस्थायी व्यवस्थापन गर्न थालेको छ । फोहोर राखिएको गाडी भरिएको र ल्यान्डफिल साइटसम्म पुग्न नपाएपछि पोखराको मुख्य बजारदेखि केही पर नयाँबजारस्थित दमकल शाखाको खाली जग्गामै खाल्डो खनेर पुर्न थालिएको महानगरले जनाएको छ । दमकल शाखा पोखरा महानगरपालिका कार्यालयको नजिकै […]

खाली भयो टेकुको फोहोर स्टेसन

काठमाडौं । करिब छ महिनापछि टेकुस्थित फोहोर ट्रान्सफर स्टेसन सफा बनेको छ । छ महिनादेखि थुप्रिएको फोहोरको व्यवस्थापन सम्पन्न भएपछि स्टेसन सफा बनेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईले गत वर्ष चैत १६ गतेदेखि त्यहाँ थुप्रिएको सबै फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार […]

खाली भयो टेकुको फोहोर स्टेसन

करिब छ महिनापछि टेकुस्थित फोहोर ट्रान्सफर स्टेसन सफा बनेको छ। छ महिनादेखि थुप्रिएको फोहोरको व्यवस्थापन सम्पन्न भएपछि स्टेसन सफा बनेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईले गत वर्ष चैत १६ गतेदेखि त्यहाँ थुप्रिएको सबै फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार चैत १५ गते त्यहाँको सबै फोहोरको व्यवस्थापन गरिएको थियो।

हरेक बिहान खाली पेटमा दही खानुका अचम्मका फाइदा, पेट सम्बन्धी समस्या हट्छ

दहीको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर हरेक बिहान खाली पेटमा दही खाँदा स्वास्थ्यमा धेरै फाइदा हुन्छ । दहीमा धेरै पोषक तत्वहरू पाइन्छ, जसले स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । यसमा भिटामिन सी र क्याल्सियम पनि प्रशस्त हुन्छ । दहीमा राम्रो ब्याक्टेरिया पाइन्छ । त्यसैले बिहान खाली पेटमा दही खाँदा आन्द्रामा राम्रो ब्याक्टेरियाको संख्या बढ्छ र पाचन प्रक्रियालाई गति दिन्छ । जसका कारण यी ब्याक्टेरियाले आन्द्रामा जमेको फोहोर छिट्टै सफा गर्छ र त्यो फोहोर दिसाको रुपमा बाहिर निस्कन्छ ।बिहान खाली

काठमाडौं नदी किनारका सुकुमवासी बस्ती (फोटो फिचर)

काठमाडौं : राजधानीको बाग्मती, विष्णुमती, मनोहरा र गोदावरी नदी किनारको खाली जमिनमा हजारौँ टहरा बनेका छन्। घरबारविहीनका नाममा हजारौँ यहाँ बस्दै आएका छन्। नदी किनार अतिक्रमणमा पर्दा उपत्यकाको सभ्यतामै प्रश्नचिह्न खडा भएको छ। नदी अतिक्रमणका साथै फोहोरको समस्या जटिल बनेको छ। फोहोर नदी किनारमा बस्ने सुकुमवासीका पनि आफ्नै समस्या छन्।विभिन्न समयमा बनेका सरकारले सुकुमवासीको व्वस्थापन गर्ने आश्वासन दिए पनि कार्यान्वयन भने भएको छैन। यी अव्यवस्थित वस्तीका कारण शहरको सौन्दर

नगरको फोहोर खोला र बस्तीमा

रूपन्देहीको बुटवल–११, मजुवाकी शर्मिला राजकोटीलाई खान मन लाग्दैन । घरनजिकै खाली स्थानमा बुटवल उपमहानगरपालिकाले फोहोर ल्याएर फाल्छ । त्यसको गन्धले खाना नरुच्ने उनले बताइन् ।

फोहोर नउठ्दा काठमाडौंमा झनै दुर्गन्ध

काठमाडौं । फोहोर नउठ्दा लामो समयदेखि काठमाडौंका सडक झनै दुर्गन्धित बनेका छन् । काठमाडौंका सडक, चोक र नदी किनारमा फोहोर थुप्रिँदा काठमाडौं उपत्यकामा झनै दुर्गन्ध फैलिएको हो । विगत चार महीनादेखि फोहोरको नियमित व्यवस्थापन हुन सकेको छैन । फोहोर व्यवस्थापन नहुँदा विभिन्न सडकका छेउमा फोहोरको थुप्रो नै लागेको देखिन्छ । फोहोरका कारण मुलुकको संघीय राजधानी झनै दुर्गन्धित बनेको छ । मानिस दैनिक फोहोरको थुप्रो पार गरेर आवतजावत गर्न बाध्य छन् । जम्मा भएको फोहोरमध्ये धेरैजसो काठमाडौं उपत्यकाका बाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी खोलालगायत नदी किनारका सडक एवं सार्वजनिक स्थानमा थुपारिएको छ । यसरी थुपारिएको फोहोर सिधै नदीमा मिसिने गरेको वातावरण क्षेत्रमा अनुसन्धान गरिरहेका गोदावरीका अशोक महर्जन बताउँछन् । पछिल्लो समय राजधानीको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको सिसडोल, बञ्चरेडाँडा क्षेत्रमा विभिन्न माग राख्दै स्थानीयले अवरोध गरेका छन् । सडक, चोक, दोबाटो एवं नदी किनारमा फोहोर थुप्रिएको छ । मास्क लगाएका मानिस पनि फोहोरको थुप्रोमा पुगेपछि नाक थुन्दै हिँडेको दृश्य देखिन्छ । सफाइ अभियानले जागरणको काम गरे पनि सार्वजनिक स्थानमा फोहोर गर्नेलाई कानूनी कारबाहीको दायरमा नल्याएसम्म फोहोरको समस्या समाधान हुने देखिँदैन । पछिल्लो समय सफाई अभियानकर्मीले फोहोर फाल्नेलाई कानुनी कारबाही गराउन प्रमाणसहित दबाब दिँदै आएका छन् । बाग्मती सफाइ महाअभियानको ४७३ औं हप्तामा पनि नदी किनारमै फोहोर थुपारिँदा गर्मीसँगै नियमितजसो वर्षाका कारण फोहोरबाट रोग फैलिन सक्ने त्रासमा राजधानीवासी छन् । फोहोर नउठे पनि बाग्मती सफाइ महाअभियानले शनिवार ४७३औं हप्ताको सफाइ कार्यक्रम जारी राखेको थियो । सफाइबाट चार मेट्रिक टन फोहोर उठाइएको थियो । उठाइएको फोहोर लिन काठमाडौँ महानगरपालिकाको गाडी नआएपछि अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको गाडीमा राखेर नकुहिने फोहोर कार्यालय नजिकको खाली ठाउँमा राखिएको छ । कुहिने फोहोर भने नदी किनारमै छोड्ने गरिएकाले नदीमै मिसिन थालेको छ । फोहोर व्यवस्थापन नगर्दा सफाइ महाअभियानको अर्थ नहुने अभियानकर्मीहरू बताउँछन् । नदी किनारबाट फोहोर टिपी किनारमै थुपारेर फेरि नदीमै मिसिनेक्रम चार महिनादेखि बढ्न थालेपछि अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले गाडीको व्यवस्था गरी कार्यालय परिसरको खाली स्थानमा राखेर व्यवस्थापन गर्न थालेको सञ्चालक सदस्यसमेत रहेका  सफाइ अभियानकर्मी डा माला खरेलको भनाइ छ । रासस

महानगरको फोहोर सडकमा ‘डम्पिङ’

विराटनगरमा कुइनेटो, घुमाउँरो र खाली ठाउँमा फोहोरको डङ्गुर भेटिन्छ । सडकको फोहोर दैनिक उठाइन्छ तर त्यसको सोझै व्यवस्थापन गर्ने डम्पिङ साइट नहुँदा सहरका विभिन्न ठाउँलाई सङ्कलन केन्द्रजस्तो बनाइन्छ ।

पानी होइन, ढल बग्ने काठमाडौँ उपत्यकाका भित्रका खोला (फोटोफिचर)

सुख्खा याममा काठमाडौँ उपत्यकाका भित्रका धार्मिक–पौराणिक महत्व बोकेका बागमती,  रुद्रमती, विष्णुमतीलगायत टुकुचा खोलाहरुमा पानी बगेको खासै देख्न पाइन्नँ । यहाँ पानी होइन फोहोर र ढल पानी मात्रै बगेको देखिन्छ ।खोलामा ढलका साथै प्लाष्टिक जन्य सामानका खाली खोल, सडेगलेको वस्तुहरु अनि मरेर फालिएका चौपाया जनावरहरू नदीमा फालिएका छन् । जसले गर्दा उपत्यकाको बढ्दो जनघनत्वका कारण दिनहुँ हरेक क्षेत्रमा फोहोरको चाप बढदै छ । पानीको हाहाकार पैदा भएको  छ । मानिसका लागि जसो तसो पानीको

फोहोर व्यवस्थापनमा खाली सिसी म्यानेजमेन्टकी कवाडीवाली - Naya Patrika

खाली सिसीवाली, कवाडीवालीजस्ता नामले चर्चामा रहेकी आयुषी केसी खाली सिसी म्यानेजमेन्ट प्रालिकी संस्थापक प्रमुख हुन् । उनको यो कम्पनीले घरघर पुगेर फोहोर संकलन गर्छ । फोहोरलाई बोतल, प्लास्टिक, कागजलगायतका वर्गमा...पूरा पढ्नुहोस् »