रूपन्देहीको बुटवल–११, मजुवाकी शर्मिला राजकोटीलाई खान मन लाग्दैन । घरनजिकै खाली स्थानमा बुटवल उपमहानगरपालिकाले फोहोर ल्याएर फाल्छ । त्यसको गन्धले खाना नरुच्ने उनले बताइन् ।
भक्तपुर । गएरातिको ठूलो वर्षाका कारण भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. १ मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घर टहरामा पानी पसेको प्रहरीले जनाएको छ । बाढीले टहरामा भएका घरायसी सामग्री बाढीले […]
२५ साउन, काठमाडौं । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको छ । खोलाले कटान गरी आसपासका बस्तीमा पसेको हो । मंगलबार रात बाढी पसेपछि खोला आसपासका केही बस्ती डुवानमा परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । बाढीले करिब १०० घर प्रभावित भएका छन् भने केही फर्ममा क्षति भएको छ । चाँगुनारायण नगरपालिका-४ निलोपुल […]
काठमाडाैँ- काठमाडौँ उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ। बहाव बढेसँगै भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ। मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन्। विशेषगरी सुकमबासी वस्तीमा पानी पसेको हो। त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ। काँडाघारीमा रहेको प्रहरी […]
काठमाडौँ – काठमाडौँ उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । मनोहरा खोलाको पानी बस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेष गरी सुकमबासी बस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको […]
काठमाण्डाै - भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ ।
टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको छ । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको प्रहरीले जनाएको छ ।
यस्तै, मनोहरा खोला नजिक रहेका बङ्गुर तथा कुखुरा फार्मसमेत बाढीले बगाएको छ ।
गएराति ठूलो वर्षासँगै आएको बाढी सुकुम्वासी बस्तीमा पसेको हो । बाढीले मानवीय क्षति गरेको छैन । त्यस क्षेत्रमा प्रहरी तथा उद्धार टोली खटिएका छन् । प्रभावितहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । अविरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला […]
काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ स्थित पानी घाटमा हिमचुली खोलामा आएको बाढी बस्तीमा पसेको छ । बस्तीमा बाढी पसेपछि प्रहरी वृत्त थानकोटका डिएसपी डिल्ली नारायपण पाण्डेसहितको प्रहरी टोली र नेपाली सेनाको टोलीले त्यहाँ फसेका मानिसहरूको उद्धार गरेका छन् । बस्तीमा बाढी पसेर स्थानीय जित बहादुर तामाङको घरको सामान पुरेर करिब ७ लाख २० हजारको क्षति गरेको छ । स्थानीय पूर्ण बहादुर थिङको घरमा पसेको बाढीले करिब १ लाखको क्षति गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए
काठमाडौं : अविरल वर्षाको कारण भक्तपुरको चाँगुनारायण नगरपालिका ४ ईन्जिनियरिङ्ग कलेज नजिक मनोहरा खोला सुकुम्वासी बस्तीमा पसेपछि डुबानमा परेका करिब ७० घरपरिवारको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ। बस्तीमा पानी छिरेको जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण भक्तपुरबाट खटिएको सशस्त्र प्रहरी उनीहरूको उद्वार कार्यमा सक्रियतासाथ जुटेको हो। यसैगरी काठमाडौं महानगरपालिका-८ गौरीघाटस्थित सुकुम्वासी बस्तीमा बागमती नदीको बहाव बढेर डुबानमा परेका करिब एक सय घरपरिवारको सशस्त्र प्रहर
काठमाडौं : गत असार २६ गते अनामनगर क्षेत्र डुबानमा पर्यो।धोबी खोलामा आएको बाढी त्यस क्षेत्रमा पस्दा कतिपय वर्कसप डुबिसकेका थिए भने कतिपयको घरभित्र पानी पस्दा बिचल्ली भयो। बाढीले ल्याएको हिलोले ५ दिनसम्म त्यो करिडोरको बाटोमा आवागमन रोकियो।बस्ती डुबान हुनुको कारण एउटै छ–खोला अतिक्रमण गर्नु। खोला अतिक्रमण नभएको भए पानी होस् या बाढी, बस्तीतिर नपसी सललल खोलामा बग्थ्यो। तर, समयक्रममा भयो ठीक उल्टो।आसपासका स्थानीयले खोला अतिक्रमण गर्दा यो समस्या वर्षेनी दोह
विराटनगर : निरन्तर वर्षाका कारण सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेपछि मोरङको विराटनगर महानगरपालिका–१ का करिब १५० घर परिवार विस्थापित भएका छन्।शुक्रबार राति परेको पानीसँगै सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेर डुबान भएपछि स्थानीयहरु विस्थापित भएका हुन्। बाढी घरभित्र पस्न थालेपछि आफू र बालबच्चाको ज्यान जोगाउन खाली चौरमा त्रिपाल टाँगेर बस्न बाध्य भएको मधु सहनीले बताइन्। बर्सेनि बाढीको समस्या बेहोर्न बाध्य रहेको उनले गुनासो गरिन्।‘बालबच्चा र आफ्नो ज्यान मात्रै लिएर