करिब १० वर्षसम्म बर्दियाको घना जंगलमा राज गरेको पाटे बाघ मंगलबार ललितपुरस्थित जावलाखेलको सदर चिडियाखानाभित्र पसेको छ ।
ब्रिटिस इण्डिया सरकारले राणा प्रधानमन्त्री जंगबहादुर राणालाई फिर्ता दिएको नयाँ मुलुकभित्रको बर्दिया जिल्लाको घना जंगल राणाकालीन जंगल हो । त्यो चारकोसे सालको जंगलमा करिब १० वर्ष अघि जन्म लिएको यो पाटे बाघले गत आइतवार हात्तीको माउते पुलिसराम थारुलाई आक्रमण गरेपछि यसलाई नियन्त्रणमा लिइएको थियो ।