वीरजगञ्ज महानगरमा चिडियाखाना बनाउन स्वीकृति

काठमाण्डौ – पर्साको वीरजगञ्ज महानगरपालिका ३२ मा सदर चिडियाखाना निर्माण हुने भएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले चिडियाखाना निर्माणका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्नुभएको थियो । मन्त्री यादवले पेस गर्नुभएको प्रस्तावलाई सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले चिडियाखाना निर्माणका लागि अनुमति दिएको हो ।  अवलोकन गर्न नेपाल तथा भारतका पर्यटकहरु आउने भएकाले त्यहाँको पर्यटन प्रबद्धन तथा आर्थिक समृद्धि हुने अपेक्षा लिइएको मन्त्री यादवले बताउनुभयो । पर्सा र बाराको बीचमा निर्माण गरिने चिडियाखानाका लागि एक अर्ब एक...