इभान पेरिसिच इंग्लिस क्लब टोटेनहममा अनुबन्ध भएका छन्। ३३ वर्षीय पेरिसिचलाई टाेटेनहमले इन्टर मिलानबाट फ्रि ट्रान्सफरमा अनुबन्ध गरेकाे हाे। क्राेएसियाका विंगर पेरिसिच र टाेटेनहमबीच दुई वर्षकाे सम्झाैता भएकाे छ। योसँगै पेरिसिचले पुनः एकपटक एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेर खेल्ने भएका छन्। यसअघि सन् २०२०-२१ को सिजन कोन्टेले इन्टरको प्रशिक्षण सम्हाल्दा यी दुईबीच सहकार्य भएको थियो। सम्झौतासँगै […]