सिमोन नापोलीमा अनुबन्ध

अर्जेन्टिनी फरवार्ड जियो सिमोनलाई इटालियन क्लब नापोलीले अनुबन्ध गरेको छ । २७ वर्षीय स्ट्राइकरलाई नापोलीले हेलास भेरोनाबाट लोनमा अनुबन्ध गरेको हो । नापोलीले सिमोनलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । सिमोन काग्लियारीबाट भेरोना आएका थिए । सिमोनले अर्जेन्टिनाको लागि ८ खेल खेलेका छन् ।यो सिजन उपाधि जित्ने योजनामा रहेको नापोलीले उनलाई अनुबन्ध गरेको हो । नापोलीले सिजनमा पहिलो खेलमा सहज जित निकालेको थियो । नापोलीले दोस्रो स्थानमा रहँदै गत सिजन अन्त्य गरेको थियो ।

सम्बन्धित सामग्री

फेलिक्सलाई अनुबन्ध गर्दै चेल्सी

लण्डन । चेल्सीले एट्लेटिको मड्रिडका फरवार्ड जोआओ फेलिक्सलाई ऋणमा अनुबन्ध गर्ने तयारी गरेको छ । २३ वर्षीय खेलाडीलाई आर्सनल र म्यानचेस्टर युनाइटेडले पनि अनुबन्ध गर्न चाहे पनि उनी चेल्सी आउने लगभग निश्चित भएको बीबीसीले उल्लेख

डिबाला रोमामा अनुबन्ध हुने पक्का

अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबाला इटालियन क्लब रोमामा अनुबन्ध भएका छन् । डिबाललाई सोमबार क्लबमा अनुबन्ध गरेको ‘दी सन’ले जनाएको छ ।  इटालियन क्लब युभेन्ट्समा सम्झौता नवीकरण नगरेका डिबाला रोमामा अनुबन्ध भएका हुन् । रोमासँग डिबालाले पाँच वर्षको सम्झौता गरेका छन् । अर्जेन्टिनाका डिबाला २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका थिए ।  २८ वर्षीय डिबालाले ६ वर्ष युभेन्ट्स बिताएर रोमा गएका हुन् । उनले युभेन्ट्सका लागि २९२ खेलमा ११५ गोल गरेका छन् । अर्जेन्टिनाका  लागि डिबाल

हेनेसी फेरेस्टमा अनुबन्ध

प्रिमियर लिग क्लब नटिङ्घम फरेस्टले गोलकिपर वायन हेनेसीलाई अनुबन्ध गरेको छ । ३५ वर्षीय गोलकिपर हेनेसीलाई फरेस्टलाई बर्नलीबाट अनुबन्ध गरेको हो । हेनेसीले फरेस्टसँग २ वर्षको सम्झौता गरेका छन् ।हेनेसीले गत सिजन बर्नलीका लागि ३ खेल खेलेका थिए । हेनेसीले वेल्सका लागि उनले १०३ खेल खेलेका छन् ।

स्टर्लिङ चेल्सीमा अनुबन्ध

एजेन्सी- इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका विंगर रहिम स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध भएका छन्। स्टर्लिङ बुधबार चेल्सी अनुबन्ध भएका हुन्। बुधबार नै उनले सात वर्षपछि इतिहाद स्टेडियम छोडेको जनाएका थिए। चेल्सीसँग स्टर्लिङले वर्षको सम्झौता गरेका छन्। २७ वर्षीय विंगर सम्झौता एक वर्ष बाँकी रहँदै चेल्सी पुगेका हुन्। सन् २०१५ मा उनी लिभरपुलबाट सिटी आएका थिए। […]

बेलानोभा इन्टरमा अनुबन्ध

इन्टर मिलानले युवा डिफेन्डर राउल बेलानोभालाई अनुबन्ध गरेको छ । इटालियन क्लब इन्टरले एक सिजनका लागि बेलानोभालाई अनुबन्ध गरेको हो । इन्टरले २२ वर्षीय डिफेन्डरलाई काग्लियारीबाट लोनमा अनुबन्ध गरेको हो । काग्लियारीका लागि उनले गत सिजन ३१ खेलमा १ गोल गरेका थिए ।इन्टरले बेलानोभालाई स्थायी खेलाडीको रुपमा पनि अनुबन्ध गर्न सक्नेछ । राइट ब्याक बेलानोभाले  इटालीको उमेर समूहबाट खेलिसकेका छन् । इन्टरले यसअघि रोमेलु लुकाकुलाई पनि अनुबन्ध गरिसकेको छ ।

गाब्रीएल जेसस आर्सनलमा अनुबन्ध

२० असार, काठमाडौं । ब्राजिलियन फरवार्ड गाब्रीएल जेसस इंग्लिस क्लब आर्सनलमा अनुबन्ध भएका छन् । लण्डन क्लब आर्सनलले म्यानचेष्टर सिटीबाट जेससलाई लामो समयको लागि अनुबन्ध गरेको जनाएको छ । तर कति वर्षको भन्ने खुलाएको छैन । तर स्थानीय सञ्चार माध्यमका अनुसार भने उनी सन् २०२७ सम्म आर्सनलमा रहनेछन् । आर्सनलले ४५ मिलियन पाउण्डमा अनुबन्ध गरेको […]

जेम्स एभर्टनमा अनुबन्ध

प्रिमियर लिग क्लब एभर्टनले डिफेन्डर जेम्स टार्कोव्स्कीलाई अनुबन्ध गरेको छ । २९ वर्षीय डिफेन्डर जेम्सलाई एभर्टनले चार वर्षका लागि सम्झौता गरेको हो । एभर्टनले फ्री ट्रान्सफरमा बर्नलीबाट जेम्सलाई अनुबन्ध गरेको हो । सेन्टर ब्याक जेम्सले बर्नलीका लागि १९४ खेल खेलेका छन् ।बर्नलीसँगको सम्झौता गत जुनामा सकेका उनले एभर्टनमा सम्झौता गरेका हुन् ।

बोटम्यान न्युक्यासलमा अनुबन्ध

स्वेन बोटम्यान प्रिमियर लिग क्लब न्युकासल युनाइटेड अनुबन्ध भएका छन् । न्युक्यासलले फ्रेन्च क्लब लिलबाट बोटम्यमानलाई अनुबन्ध गरेको हो ।डच डिफेन्डरलाई न्युक्यासलले लिलबाट ३२ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । बोटम्यानले न्युक्यासलसँग पाँच वर्षको सम्झौता गरेका छन् । २२ वर्षीय सेन्टर डिफेन्डर बोटम्यान आयाक्सबाट २०२० मा फ्रेन्च क्लब आएका थिए । फ्रेन्च क्लबका लागि उनले ७९ खेल खेलेका छन् ।

टोटेनहममा अनुबन्ध भए पेरिसिच

इभान पेरिसिच इंग्लिस क्लब टोटेनहममा अनुबन्ध भएका छन्। ३३ वर्षीय पेरिसिचलाई टाेटेनहमले इन्टर मिलानबाट फ्रि ट्रान्सफरमा अनुबन्ध गरेकाे हाे। क्राेएसियाका विंगर पेरिसिच र टाेटेनहमबीच दुई वर्षकाे सम्झाैता भएकाे छ। योसँगै पेरिसिचले पुनः एकपटक एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेर खेल्ने भएका छन्। यसअघि सन् २०२०-२१ को सिजन कोन्टेले इन्टरको प्रशिक्षण सम्हाल्दा यी दुईबीच सहकार्य भएको थियो। सम्झौतासँगै […]

अगुएरो बार्सिलोनामा अनुबन्ध

१७ जेठ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अगुएरोलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले सोमबार अगुएरोलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीसंगको सम्झौता सकिएपछि अगुएरो जुलाई १ देखि बार्सिलोनामा आबद्ध हुने गरी सहमति भएको बार्सिलोनाले जनाएको छ । ३२ वर्षीय अगुएरो र बार्सिलोनाबीच दुई वर्षको सम्झौता भएको छ । […]