अघिल्लो वर्षको माघमा आरबीबी–एनभीए क्लब च्याम्पियनसिप भलिबलको फाइनलमा घुँडामा चोट बोकेपछि न्यु डायमन्ड स्पोर्ट्स क्लब तथा राष्ट्रिय टोलीकी मुख्य स्पाइकर प्रतिभा माली एक वर्ष कोर्टबाहिर रहिन् । कोरोना महामारीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधि बन्द भएको समयलाई उनले चोटबाट तंग्रिन खर्चिइन् ।