नेपाल आउने पर्यटक घटे, पोहोरभन्दा २५ हजार कम !

काठमाण्डाै – सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइ रहे पनि नेपाल आउने पर्यटकको सङ्ख्या भने घटेको छ । सन् २०१९ को जनवरी महिनाको तुलनामा सन् २०२० को जनवरीमा नेपाल आउने पर्यटकको सङ्ख्या झण्डै २५ हजारले घटेको अध्यागमन विभागले जनाएको छ । सन् २०१९ को जनवरी महिनामा ९१ हजार सात सय पर्यटक नेपाल आए...

सम्बन्धित सामग्री

पर्यटक आगमन ३०.३७ प्रतिशत बढ्यो

काठमाडौं। सन् २०२४ पहिलो महीनामा नेपाल आउने पर्यटक संख्या बढेको छ । सन् २०२३ को जनवरीको तुलनामा यसपालि पर्यटक आगमन ३० दशमलव ३७ प्रतिशतले बढेको हो ।  पोहोर जनवरीमा ५५ हजार ७४ पर्यटक आएकामा यसपालि उक्त संख्या ७९ हजार १०० पुगेको छ । कोभिड–१९ कम भएर सामान्य अवस्था आएसँगै सन् २०२३ देखि नै नेपालमा पर्यटक आगमन बढेको हो । नेपाल पर्यटन बोर्डले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष चीनबाट आउने पर्यटकको संख्या दोस्रो स्थानमा छ । कोरोनाकालमा न्यून र सन् २०२३ मा तेस्रो स्थानमा उक्लिएको चिनियाँ पर्यटक आगमन यो वर्षको शुरू महीनामै सामान्य अवस्थामा जस्तै दोस्रो स्थानमा उक्लिएको हो ।  नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट आउँछन् । सन् २०२३ मा भारतपछि बढी पर्यटक अमेरिकाबाट आएका थिए । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गत जनवरीमा भारतबाट २४ हजार १३९ र चीनबाट ७ हजार २६७ पर्यटक नेपाल आएका छन् । यस्तै तेस्रोमा अमेरिकाबाट ७ हजार ४७, थाइल्यान्डबाट ४ हजार ६१९ पर्यटक आएको तथ्यांक छ । नेपालमा धेरै पर्यटन आउने १० भारत, चीन, अमेरिका, थाइल्यान्ड, दक्षिण कोरिया, बंगलादेश, अस्ट्रेलिया, बेलायत, भुटान र जापान छन् ।

होटेलमा लगानी जोखिमपूर्ण

पर्यटन विभागबाट पाँचतारा स्तरीय होटेलको स्वीकृति लिने होटेलको संख्या १७ पुगेको छ । नेपालमा पछिल्लो समय पाँचतारा स्तरको होटेल खोल्ने क्रम बढेको छ । यद्यपि यी काठमाडौंमा नै केन्द्रित छन् । बढ्दो होटेल संख्याले व्यवसायीमा पर्यटन व्यवसाय फस्टाउने आशा बलियोसँग रहेको देखाउँछ । त्यस्तै विदेशी लगानी पनि पर्यटन क्षेत्रमा बढ्दै छ । कुल पर्यटक आगमन १० लाख नाघेको छ तर यतिले मात्रै होटेलहरूले पूरा व्यवसाय पाउने सम्भावना कम देखिन्छ । पाँचतारे होटेल र लक्जरी रिसोर्टको संख्या बढ्नु भनेको गुणस्तरीय पर्यटकको संख्या बढ्नु हो । यो सम्भावना देखेर थाइल्यान्डको दुसित थानी नेपाल आएको छ भने कम्बोडियाको सिन्तामणि पनि नेपालमा आएको छ । पाँचतारे होटेलहरूको व्यवस्थापन विश्वका ठूला चेनहोटेलहरूले लिएका छन् । उनीहरूले व्यवसाय विस्तार गर्न आफै विज्ञापन गर्छन् । यसले विशेष स्वाद र रुचि भएका पर्यटकलाई नेपाल ल्याउन मद्दत गर्ने देखिन्छ । जसरी होटलमा लगानी बढेको छ त्यसअनुसार पर्यटक नआउँदा यसमा गरिएको लगानी जोखिमपूर्ण देखिएको छ ।  पाँचतारे होटेलहरू काठमाडौंमा बढी केन्द्रित देखिन्छन् । तर, नेपाल आउने पर्यटक पक्कै पनि काठमाडौंमा मात्रै घुम्नका लागि आउँदैनन् । त्यसो हुँदा यस्ता होटेल प्रमुख पर्यटकीय क्षेत्रमा बन्नु आवश्यक देखिन्छ । पर्यटनको राजधानी भनिने पोखरामा एउटामात्रै पाँचतारे होटेल छ । अर्को पाँचतारे होटेल फूलबारी समस्यामा परेको छ र सञ्चालन हुन सकेको छैन । सुविधाका हिसाबले पाँचतारेसरहका होटेल भए पनि पाँचतारे होटेल पोखरामा एउटामात्रै सञ्चालन हुनुले गुणस्तरीय पर्यटन त्यति सहज छैन भन्ने देखाउँछ ।  सरकारले बनाउने पूर्वाधार र उसले लिने नीतिका आधारमा व्यवसायीले लगानी गर्छन् । सरकारले त्यसअनुसार काम गर्न सकेन पनि निजीक्षेत्रको लगानी डुब्नेमात्र होइन, सरकारप्रतिको विश्वास नै हराउँछ । यो निकै डरलाग्दो समस्या हो ।  पाँचतारे मात्रै होइन तीन र चारतारे होटेलका साथै ताराविहीन होटेलहरूको संख्या पनि निकै बढेको छ । अर्थात् नेपालमा हस्पिटालिटी क्षेत्रमा लगानी बढेको छ । अहिले सबै होटेलको कोठाको संख्या हेर्दा वार्षिक २० लाख पर्यटक आए पनि धान्ने देखिन्छ । तर, पर्यटकको संख्या १० लाख मात्रै नाघेको छ । यसले यी होटेल पर्याप्त मात्रामा सञ्चालन हुन नसक्ने देखिन्छ । यद्यपि पछिल्ला समय विश्वका धनाढ्यहरूले खुसुक्क नेपाल भ्रमण गर्न थालेको देखिन्छ । विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा नेपाल सधैंजसो नै परिरहने गरेको छ । तर, उत्कृष्टको सूचीमा परेर पनि त्यसअनुसार पर्यटक ल्याउन भने नेपाल चुकिरहेको छ ।  सरकारले बनाउने पूर्वाधार र उसले लिने नीतिका आधारमा व्यवसायीहरूले लगानी गर्ने हुन् । तर, पर्यटन आउने मुख्य माध्यम विमानस्थल नै कमजोर छ । एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थललाई पूर्ण क्षमतामा २४ सै घण्टा सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक छ । त्यस्तै नेपालको वायुसेवा अन्तरराष्ट्रिय क्षेत्रमा जति विस्तार हुन्छ त्यति नै पर्यटकको संख्या बढ्छ । सीधा उडान हुँदा हुने सहजता र समयको बचतको लाभ पर्यटकले लिन पाउँछन् र गुणस्तरीय पर्यटन बढ्छ । नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय उडानको विस्तार गर्न सकेको छैन । विदेशी वायुसेवा कम्पनीको महँगो भाडादरका कारण पनि पर्यटक नेपाल आउन तर्सिरहेको अवस्था छ । सरकारले पूर्वाधार निर्माण र सञ्चालन गर्न नसक्दा लगानीमा कस्तो असर पर्छ भन्ने कुरा भैरहवा र लुम्बिनी क्षेत्रका होटेलहरूले भोग्नुपरेको पीडाले बताउँछ । गौतमबुद्ध विमानस्थल चल्छ भन्ने हिसाब गरेर त्यहाँ ठूलो संख्यामा होटेलमा लगानी भयो । तर, विमानस्थल चल्न सकेन । अहिले व्यवसायीहरू पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् । सरकारले बनाउने पूर्वाधार र उसले लिने नीतिका आधारमा व्यवसायीले लगानी गर्छन् । सरकारले त्यसअनुसार काम गर्न सकेन पनि निजीक्षेत्रको लगानी डुब्नेमात्र होइन, सरकारप्रतिको विश्वास नै हराउँछ । यो निकै डरलाग्दो समस्या हो । त्यसैले सरकारले सही नीति लिनुपर्छ र त्यसअनुसार काम गर्नुपर्छ ।

बिग्रँदो पर्यावरणबाट पर्यटनमा चिन्तन

पर्यटन र पर्यावरणबीच बलियो सम्बन्ध हुन्छ । अझ नेपालको पर्यटन त पर्यावरणसँग सीधै सम्बद्ध छ किनभने नेपाल आउने पर्यटक यहाँको प्राकृतिक स्वच्छताकै लागि आउने गर्छन् । पर्यटकीय नगरी पोखरा स्वच्छ र सफा भएकै कारण धेरै पर्यटकको रोजाइमा पर्ने गरेको हो । तर, त्यहाँ वायुप्रदूषण बढ्नुका साथै काठमाडौं जस्तै भीडभाडयुक्त शहर बन्न थालेपछि यहाँको पर्यटन समस्यामा पर्ने हो कि भन्ने चिन्ता थपिएको छ । नेपालका अन्य पर्यटकीय क्षेत्रमा पनि यस्तै समस्या देखिन्छ । प्रदूषण र फोहोर स्थानीय समस्या हो । यसले जनस्वास्थ्यमा पर्ने प्रभाव आफ्नो ठाउँमा छ तर पर्यटनमा पर्ने प्रभाव गम्भीर हुन्छ । नेपालले पर्यावरणमा ध्यान नदिने हो भने नेपालका प्रमुख पर्यटन गन्तव्य मानिने पदमार्ग, सम्पदाक्षेत्र र हिमाल आरोहण आदि प्रभावित हुने देखिन्छ । पर्यापर्यटन अहिले विश्वमा निकै चर्चामा रहेको छ । नेपालले पनि पर्यापर्यटनबारे विशेष ध्यान दिनु जरुरी छ । यहाँको प्राकृतिक विविधताको संरक्षण गर्दै दिगो पर्यटनका लागि बलियो आधार तय गर्नुपर्छ । पोखराको वायुप्रदूषण दिनानुदिन बढ्दै गएको छ । सन् २०२२ देखि नै वायूप्रदूषणमापक यन्त्र डिभाइस राखेर तथ्यांक लिन थालेपछि प्रत्येक महीना प्रदूषण बढेको देखिएको छ । यन्त्रबाट मापन गर्दा प्रदूषण बढ्दो क्रममा भेटिएकाले पोखराले वायुप्रदूषण कम गर्ने विषयमा सोच्ने बेला आइसकेको छ । काठमाडौंको प्रदूषण विश्वमै निकै बढी भएको देखिन्छ । वायुप्रदूषण ‘मौन हत्यारा’ मानिन्छ । काठमाडौंको प्रदूषणका कारण श्वासप्रश्वासको रोग लाग्ने र कतिपयको ज्यानै जाने गरेको छ । त्यसैले यहाँको प्रदूषणबाट डराएका कतिपय पर्यटक काठमाडौं ओर्लिएर सीधै पोखरा जाने गरेका छन् । त्यहाँबाट अन्य पर्यटकीय क्षेत्रमा जाने गरेको पनि पाइन्छ । पर्यटक नेपाल आउनुअघि वायुप्रदूषणको मापन चेक गर्छन् । प्रदूषण बढेको भेटिएमा स्वास्थ्य जोखिममा राखेर पर्यटक आउने सम्भावना कमै हुन्छ । त्यसैले नेपालको पर्यटनलाई असर नपार्ने हो भने तत्काल पर्यटनसँग सम्बद्ध क्षेत्रको पर्यावरण थप बिग्रन नदिन तथा सुधार गर्न पहल थाल्नुपर्छ । सगरमाथा क्षेत्र प्रदूषित भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । सगरमाथा चढ्न जानेको भीडको फोटोले हिमाल आरोहीहरूलाई तर्साएकै थियो । पटकपटक हिमाल सफाइ अभियान चलाए पनि ती क्षेत्रमा फोहोरको मात्रा पर्याप्त रहेको देखिन्छ । त्यसैगरी पदयात्रा मार्गमा भएको प्रदूषण र फोहोरबारे पनि पर्यटकले चिन्ता प्रकट गरेका छन् । कतिपय पदमार्गका नजिकैबाट सडक बनाइएका छन् । कच्ची सडकका कारण धूवाँ र धूलोले पदयात्रीलाई नमीठो अनुभव गराएको छ । पदयात्रामा जुन किसिमको नवीन अनुभूति लिन पर्यटक आउँछन्, त्यसमा बाधा पुगेपछि उनीहरूले विकल्प खोज्न सक्छन् । अन्य देशको उदाहरण हेर्ने हो भने पदयात्रामा अवरोध पुग्ने गरी सडक बनाएको पाइँदैन । नेपालको पर्यटन काठमाडौं, पोखरा, सौराहाको त्रिवेणीमा बढी केन्द्रित छ । यी सबै ठाउँमा आन्तरिक पर्यटक र बाह्य पर्यटकका कारण निकै भीडभाड र कोलाहल बढिरहेको छ । प्रदूषण र फोहोर पनि त्यतिकै बढिरहेको छ । जिम्मेवार उपभोगको संस्कृति नहुँदा मानिसमा यी ठाउँको सौन्दर्य नबिगारीकन आनन्द लिने बानी बसिसकेको देखिँदैन । खासगरी आन्तरिक पर्यटकका कारण फोहोर बढेको पाइन्छ । त्यसैले अब पर्यटन क्षेत्रमा गुरुयोजना बनाएर काम थाल्नुपर्छ । पोखरा, काठमाडौंजस्तो शहरमात्रै होइन, पदमार्ग र हिमाल आरोहण क्षेत्र पनि प्रदूषित भइरहेका छन् । रारा जस्तो तालमा पनि फोहोर बढ्न थालिसकेको छ । त्यसैले फोहोर र प्रदूषणबाट पर्यटनलाई जोगाउन स्पष्ट नीति नै आवश्यक भइसकेको छ । पर्यापर्यटन अहिले विश्वमा निकै चर्चामा रहेको छ । नेपालले पनि पर्यापर्यटनबारे विशेष ध्यान दिनु जरुरी छ । यहाँको प्राकृतिक विविधताको संरक्षण गर्दै दिगो पर्यटनका लागि बलियो आधार तय गर्नुपर्छ । हिमालसँग नेपालको पर्यटनको सम्बन्ध छ । हिमालकै कारण धेरै पर्यटक नेपाल आएका हुन् । तर, पर्यावरण बिग्रिएकै कारण हिमालमा हिउँ घट्दै गएको छ । विश्व तापमानमा आएको परिवर्तनको दुष्प्रभाव नेपालमा परेको हो । त्यसैले पर्यावरणीय मुद्दालाई नेपालले बलियोसँग उठाउनुपर्छ । अन्तरराष्ट्रिय प्रयास बेग्लै कुरा हो, तर नेपालले यसमा विशेष तयारी र योजना बनाउन ढिला गर्नु हुँदैन । यतिबेला देशका धेरै ठाउँमा उच्च पहाडी र हिमाली क्षेत्र हिउँले भरिभराउ हुनुपर्ने हो । तर, अहिलेसम्म हिउँ नपर्दा डाँडातिर आन्तरिक र बाह्य पर्यटक उक्लिएका छैनन् । यसबाट पर्यटन व्यवसायी चिन्तित छन् । बाह्य पर्यटकका लागि यो अफ सिजन हो । अघिल्ला वर्षमा हिउँ खेल्न जाने पर्यटकले व्यवसाय धानेको थियो । यसपटक पानी नपरेपछि हिउँ पनि परेन, पर्यटक पनि आएका छैनन् । हिउँ पर्ने समयमा मर्दी हिमाल पदयात्रामा हिउँ खेल्नकै लागि दैनिक २ सयभन्दा बढी पुग्ने गर्थे । तर, यो सिजनमा मुश्किलले ४०/५० जनामात्र आएको स्थानीयको भनाइ छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एकाध ठाउँबाहेक कुनै पनि ठाउँमा हिउँ परेको छैन । पानी र हिउँ नपर्नुको मुख्य कारण जलवायु परिवर्तन हो । संसारभर तापक्रम वृद्धि हुँदै गएको छ । ३० वर्ष पहिलाभन्दा एक डिग्री सेल्सियस तापक्रम बढेको छ । समयमै हिमपात नहुँदा पर्यावरणमा आउनसक्ने फेरबदलले हिमाली वन्यजन्तु अन्यत्र स्थानान्तरण हुन सक्ने सम्भावना बढेर गएको छ । त्यसैले पर्यावरण र पर्यटनलाई सँगसँगै लैजानु जरुरी छ । नेपालमा तीव्र रूपमा कच्ची सडक निर्माणले गति लिएको छ । स्थानीय स्तरमा बन्ने यस्ता सडकले पदयात्रा मार्ग बिगारेको छ । जुन शान्तिका साथ पदयात्रा गर्न पर्यटक आतुर छन् तिनले यो अवस्थाको विरोध नै गरेका छन् । त्यही भएर नेपाल आउने पर्यटक अन्य देशमा गइरहेका छन् । हामी पर्यटकको संख्या बढेकोमा दंग छौं । खर्चालु प्रकृतिका पर्यटक जो नेपाल आउँथे ती अन्यत्रतर्फ गइरहेका छन् । तिनका बारेमा हाम्रो ध्यान गएको छैन । पर्यटनको प्रचार जति गरिन्छ त्योभन्दा बढी प्रचार यहाँ आउने पर्यटकले गरेका हुन्छन् । तिनले यहाँको पर्यटनबारे नराम्रो सन्देश दिए भने जतिसुकै प्रचार गरे पनि पर्यटक आउने सम्भावना कम हुन्छ । लेखक पर्यटन व्यवसायी हुन् ।

बढ्यो पर्यटकीय गतिविधि

कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्। वर्षायाममा नेपाल आउने पर्यटक तुलनात्मक रूपमा कम हुने भए पनि यस वर्षको अगस्टमा मात्रै ४१ हजार ३०४ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ। सन् २०२० को अगस्टमा जम्मा २५६ पर्यटक नेपाल भित्रिएकाम

दशैंले चलायमान पर्यटन

बिहीवारदेखि यो वर्षको दशैं पर्व शुरू भएको छ । आफन्त, इष्टमित्र, घरपरिवारसँग बसेर रमाइलो गर्ने अवसर जुराइदिने यस पर्वले मुलुकको अर्थतन्त्रमा पनि उल्लेख्य टेवा पुर्‍याउँछ । अर्थतन्त्रका विभिन्न आयामसँग जोडिने यो पर्वले पर्यटन क्षेत्रमा पनि उत्तिकै महŒव राख्छ । वर्षभरमा सर्वाधिक बिदा हुने समय पनि दशैं नै हो । यसबेला परिवार, साथीसंगी विभिन्न गन्तव्यमा जान रुचाउँछन् । घमाइलो र रमाइलो सिजन अर्थात् पर्यटकीय सिजनको रूपमा लिइने अक्टोबर महीनामा दशैं पर्दा यसको महत्त्व अझ बढी हुनेगर्छ । मानिसहरू घुम्न निस्कने र विदेशी पर्यटक पनि नेपाल आउने उपयुक्त समय पनि यही भएकाले दशैंले पर्यटन क्षेत्रलाई समेत चलायमान बनाउँछ । सन् २०१९ देखि निरन्तर ओरालो लागेको मुलुकको पर्यटन सन् २०२१ मा उकालो लाग्ने आशाको किरण देखिएको छ । सन् २०२० को शुरूदेखि नै कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी थलिएको पर्यटन क्षेत्र अहिले विस्तारै लयमा फर्किने क्रममा छ । कोरोना संक्रमण दर घट्दो क्रममा रहेको, कोभिडविरुद्धको खोप र सरकारले हालै अनअराइभल भिसा खुला गर्नु तथा तुरुन्तै परेको दशैंका कारण पनि पर्यटन क्षेत्रमा आशाको किरण देखिन थालेको हो । मुलुकका प्रसिद्ध पर्यटकीय गन्तव्यका पर्यटन व्यवसायीले दशैंका कारण व्यवसायमा उत्साह देखा पर्न थालेको बताएका छन् । अहिले न्यूनतम १० प्रतिशतसम्म रहेको अकुपेन्सी दशैंसम्ममा औसतमा ४० प्रतिशतसम्म पुग्ने व्यवसायीहरूको अनुमान छ । आन्तरिक र भारतीय पर्यटकबाट पनि राम्रो बुकिङ भइरहेको उनीहरूको भनाइ छ । होटेल एशोसिएशन नेपाल (हान) चितवन च्याप्टरका अध्यक्ष दीपक भट्टराई दशैं पर्वका कारण निकै उत्साहित छन् । ‘अहिले आन्तरिक पर्यटक बढ्ने क्रम जारी छ,’ उनले भने, ‘आन्तरिक पर्यटकको बुकिङ पनि आएको छ र भारतीय पर्यटक पनि आउन शुरू गरेका छन् । साथै तेस्रो मुलुकबाट पनि छिटफुट रूपमा पर्यटक आएका छन् ।’ अहिले चितवन र सौराहाका होटेल ३० प्रतिशतसम्म बुकिङ भइसकेको उनी बताउँछन् । होटेल बुकिङ गर्नेहरूमा भारतीय बढी रहेका छन् । उनीहरूले बढीमा ३ दिनसम्मका लागि बुकिङ गरेको पाइन्छ । दशैंका लागि बुकिङ गर्नेहरूको क्रम बढेकाले पर्यटन क्षेत्रले लय समात्न लागेको हो कि भन्ने देखिएको छ । अहिले आन्तरिक पर्यटक आगमन करीब १५ प्रतिशतसम्म रहेको र दशैंसम्ममा ४५ प्रतिशतसम्म अकुपेन्सी पुग्ने सम्भावना रहेको भट्टराई बताउँछन् । यस्तै धारणा हान च्याप्टर पोखराका अध्यक्ष विकल तुलाचनको छ । दशैंको नजिकतिर आन्तरिक पर्यटन बढ्ने सम्भावना रहेको उनी बताउँछन् । कोभिडको समयमा १० प्रतिशतमा रहेको अकुपेन्सी दशैं नजिकिँदै गर्दा ३५ प्रतिशतसम्म पुग्ने आकलन गरिएको उनको भनाइ छ । सरकारले भर्खरै बाह्य पर्यटकका लागि नेपाल आवागमन सहज बनाएकाले तत्काल दोस्रो तथा तेस्रो मुलुकका पर्यटक आउने सम्भावना कम छ । त्यसकारण पनि अहिले व्यवसायीहरू आन्तरिक पर्यटकमा नै भर परेका छन् । आन्तरिक पर्यटकबाट नै दशैंमा पर्यटन क्षेत्रमा चलहपहल हुने आशामा व्यवसायी छन् । चाडपर्वको समयमा आन्तरिक पर्यटकको घुम्ने बानी, बुकिङको अवस्था र चासोले पनि व्यवसायीहरू उत्साहित देखिएका हुन् । यो सब कोभिडविरुद्धको खोप र आवतजावतमा खुकुलो नीतिका कारण नै सम्भव भएको छ । पोखराका होटेलको अकुपेन्सी अहिले न्यून नै रहेको तुलाचन बताउँछन् । चाडपर्वको समय भएकाले दशैंतिहारसम्ममा अकुपेन्सी बढ्ने अपेक्षा रहेको उनको भनाइ छ । पर्यटकीय याम भए पनि विदेशी पर्यटक आउने सम्भावना कम छ । सरकारले ढिलो गरी विदेशी पर्यटक आगमन नीति खुला गरेकाले नेपाल आउने पर्यटक पनि आउनबाट वञ्चित भएको उनको भनाइ छ । यस्तै काठमाडौं उपत्यकाबाट नजिकको गन्तव्य मानिने नगरकोट, धुलिखेलमा पनि दशैंले उत्साह थपेको छ । धुलिखेलका होटेल व्यवसायी प्रेमकण्ठ श्रेष्ठले दशैंका लागि ३० प्रतिशतसम्म बुकिङ भइसकेको बताए । अबको सोमवारसम्म लगभग होटेलहरू भरिने सम्भावना रहेको उनको भनाइ छ । २/३ महीना अघिदेखि नै पर्यटनमा राम्रो संकेत देखापरेको बताउने श्रेष्ठ ‘धेरै मानिसले खोप लगाइसकेको र व्यवसायीहरूले पनि खोप लगाएकाले पर्यटनमा सकारात्मक किरण देखिएको छ,’ भन्छन् । यद्यपि विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटक नै बढी आइरहेको र बुकिङ पनि उनीहरूबाटै बढी भइरहेको उनी बताउँछन् । यसैगरी एयरलाइन्स कम्पनीहरूले पनि दशैं अफ नै भनेर घोषणा नगरे पनि विभिन्न सस्तो प्याकेज ल्याएका छन् । दशैंका लागि हालसम्म ७० प्रतिशत बुकिङ भइसकेको बताउने एयरलाइन्स कम्पनीहरूले प्रसिद्ध गन्तव्यका लागि सस्तो प्याकेज ल्याएका हुन् । त्यसमध्ये बुद्ध एयर एउटा हो । आन्तरिक गन्तव्य पोखराका लागि बुद्धले रू. ८ हजारको २ रात ३ दिनको प्याकेज ल्याएको छ । दशैं अफर नै नभने पनि असोज २५ गते मनाउने गरेको आफ्नो २४औं वार्षिकोत्सवको अवसर पारेर सस्तो प्याकेज ल्याएको छ । यसअन्तर्गत रू. ७ हजार ९९९ मा काठमाडौं–पोेखरा उडानमा २ रात ३ दिनसम्म पोखरामा बसेर घुम्न पाइन्छ । यस्तै बुद्ध होलिडेले भैरहवा–पोखरा रू. ८ हजार ९९९, नेपालगञ्जबाट पोखराका लागि रू. १० हजार ९९९ र सिमरा–पोखराका लागि रू.९ हजार ९९९ को प्याकेज ल्याएको छ । यसले पनि पर्यटकीय गन्तव्य पोखरामा आन्तरिक पर्यटकहरू पुग्ने विश्वास गर्न सकिन्छ । बुद्ध एयरका अनुसार अधिकांशको रोजाइ पोखरा नै पर्ने गरेको छ । नेपालमा घुम्न लागि सुगम र रमणीय गन्तव्यको रूपमा काठमाडौं उपत्यका, पोखरा, चितवन, नगरकोट, लुम्बिनी, धुलिखेल जस्ता पर्यकीय गन्तव्य त छँदै छन्, त्यसबाहेक पर्वतारोहण र ट्रेकिङ पदयात्राका लागि मनास्लु, मुस्ताङ, हुम्ला, तत्लो डोल्पा, कञ्चजंगा, माथिल्लो डोल्पा प्रसिद्ध गन्तव्य मानिन्छन् । नेपाल पर्यटन तथ्यांक २०२० अनुसार नेपालमा सर्वाधिक पर्यटक आएको वर्षका रूपमा सन् २०१९ लाई लिइन्छ । यस वर्ष ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल घुम्न आएका थिए । पर्यटक नेपाल आउने प्रमुख देशमा भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, म्यान्मा र थाइल्यान्ड हुन् । खासगरी सन् २०१९ मा बिदा मनाउन ७ लाख ७८ हजार १७३ जना पर्यटक आउँदा सन् २०२० मा भने यो संख्या १ लाख ३९ हजार २०२ मा झरेको थियो । सन् २०१९ मा धार्मिक पर्यटक १ लाख ९७ हजार ७८६ आएका थिए भने सन् २०२० मा २८ हजार ५३० आएका थिए । यस्तै ट्रेकिङ तथा पर्वतारोहणका लागि सन् २०१९ मा १ लाख ७१ हजार ९३७ पर्यटक आएकोमा सन् २०२० मा यो संख्या ३५ हजार ८९३ रहेको थियो । नेपालको पर्यटन पुरानै अवस्थामा फर्कन अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ । सन् २०२१ को सेप्टेम्बरसम्म जम्मा ७६ हजार ८६४ विदेशी पर्यटक नेपालमा आएका छन् । यो संख्या हेर्दा सन् २०२१ मा पनि नेपालमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना देखिँदैन । आन्तरिक पर्यटक र चाडपर्वको अवसरले नेपाली पर्यटन क्षेत्र भरथेग भई विस्तारै लयमा फर्कनसक्ने अवस्था भने विद्यमान छ ।

लयमा फर्कँदै पर्यटन व्यवसाय, नेपाल आउने पर्यटक बढे

नेपालमा कोरोना संक्रमण कम भएसँगै विदेशी पर्यटक नेपालमा आउने क्रम बढ्न थालेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कमा फेब्रुअरी महिनामा नेपालमा आउने विदेशीको संख्या वृद्वि हो । यस महिनामा विभिन्न देशबाट नौ हजार १४६ जना विदेशी नेपाल आएकोमा छहजार ८८९ जना आफ्नो देशमा फिर्ता भएका छन् । यसअघि कोरोनाको महामारीमा नेपाल आउने भन्दा आफ्नो देश फर्कन अवस्था थियो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार विदेशी पर्यटकको आगमन धेरै नभए तापनि विस्तारै पर्यटकको आगमन बढ्दै गएको बताउनुहुन्छ । हाल पर्यटक आउने ऋतु सुरु भए तापनि नेपालमा क्वारेन्टाइनको व्यवस्थाका कारण पर्यटकहरु नेपाल आउन नचाहेको बताउँदै अध्यक्ष सुवेदीले भन्नुभयो ‘क्वारेन्टाइनको व्यवस्था हटाए भने यो भन्दा धेरै गुणामा पर्यटकको आगमन हुन्छ ।’

चीन प्रभावित भएपछि नेपालले मध्य-पूर्व र खाडीका पर्यटक तान्न पहल गर्ने

काठमाण्डाै – कोरोना भाइरसका कारण चीनबाट आउने पर्यटक घट्ने भएपछि नेपालले वैकल्पिक बजार खोज्ने भएको छ ।  काठमाडौमा भएको पत्रकार सम्मेलनना होटल एसोसिएशन अफ् नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले चीनले कोरोना भाइरस फैलन नदिन सतर्कता अपनाएकाले नेपाल आउने पर्यटक कम आउने देखिएकोले अर्को बजार ख...