तयार भयो बारामा मतदानस्थल [तस्बिरहरु]

आइतबार हुने बारा–२ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि मतदाता आतुर देखिएका छन् । ‘मतदान गर्न उत्साही छौं,’ महागढीमाई नगरपालिका ९ का ७० वर्षीय महादेव राय यादवले भने, ‘सबैतिर सुरक्षा कडा रहेकाले यसपाली मतदाताहरु निर्धक्क छन् ।’

सम्बन्धित सामग्री

तयार भए मतदानस्थल (तस्बिरहरू)

झापा – आइतबार हुने मतदानका लागि मतदानस्थल तयार भएका छन् । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अन्तर्गत हुने मतदानका लागि मतदानस्थल तयार भएका हुन् । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ । झापाका सबै मतदानस्थल तयार भइसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  निर्वाचन कार्यालयका प्रमुख तुलसी […]

मकवानपुरमा ७९ मतदानस्थल संवेदनशील

हेटौंडा : मकवानपुरमा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको छ। दुईवटा संघीय र ४ प्रदेशसभा क्षेत्रका लागि १६७ मतदान स्थल रहेकोमा जिल्लामा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको हो।मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले १९ मतदानस्थल अति संवेदनशील निर्वाचन क्षेत्र रहेको जानकारी दिए। उनले अति संवेदनशील १९, संवेदनशील ६० र सामान्य ८८ मतदानस्थल पहिचान गरेर सुरक्षा सुरु गरेको बताए। उनले जिल्लाको मतदान स्थलको अवस्था, भूगोल, सञ्चारको सम्पर्कताको आधारमा क्षेत्रको पहिचान गरेको र

म्याग्दीमा आठ मतदानस्थल थपिए

काठमाडौँ,४ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ वटा मतदानस्थल थपिएका छन् । जिल्लास्थित निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र जनप्रतिनिधिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थल थप गरेको हो । भौगोलिक रुपमा विकट, अपायक भएका र मतदाता सङ्ख्या बढी भएका ठाउँमा मतदानस्थल र केन्द्र थपिएका […]

म्याग्दीमा आठ मतदानस्थल थपिए

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ वटा मतदानस्थल थपिएका छन् । जिल्लास्थित निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र जनप्रतिनिधिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थल थप गरेको हो । भौगोलिक रुपमा विकट, अपायक भएका र मतदाता सङ्ख्या बढी भएका ठाउँमा मतदानस्थल र केन्द्र थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले थपिएकासहित म्याग्दीमा ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र कायम भएको जानकारी दिए । गत स्थान

ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप

आगामी  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो । स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा ७५ वटा मतदानस्थल कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानस्थल थपघटको सिफारिस गर्न जिम्मेवारी पाएको समितिले स्थानीय तहको अगुवाइ र समन्वयमा सर्वदलीय सर्वपक्षीय छलफलमार्फत मतदानस्थल थप ग

ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप

२ असोज, ताप्लेजुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो । स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा ७५ वटा मतदानस्थल कायम भएको […]

कास्कीमा एउटा मतदानस्थल थपिँदै

कास्कीमा आसन्न मङ्सिर ४ गतेको निर्वाचनमा एक मतदानस्थल थपिने भएको छ । जिल्लामा हाल एक सय ५० मतदानस्थल रहेकामा भौगोलिक अवस्था, बाटोको दूरीलगायतका आधारमा मतदानस्थल थप्न सकिने व्यवस्थाअनुरुप जिल्लामा एक मतदानस्थल थप्न सिफारिस भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहनुभएको समितिले मतदानस्थल थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने कानुनी व्यवस्था छ ।  सामान्यतः पहाडी क्षेत्रमा मतदानस्थल पुग्नका लागि एकतर्फी चार कि

तनहुँका पाँच मतदानस्थल अति संवेदनशील

स्थानीय तह निर्वाचनका लागि तनहुँका पाँच मतदानस्थल अति संवेदनशील मानिएको छ । जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले गरेको वर्गीकरणमा एक सय ३६ मध्ये पाँच मतदानस्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशील मानिएको हो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार ३८ मतदानस्थल संवेदनशील र ९३ मतदानस्थल सामान्य छन् । ‘भौगोलिक विकटता, सुरक्षा निकायको युनिट टाढा भएको र  यातायातको सजिलै पहुँच नभएको आधारमा वर्गीकरण गरेका छौँ,’ अर्यालले भने ।  अति संवेदनशील मतदानस्थलमा कडा सुरक्षा नि

सुनसरीका ४४ मतदानस्थल अति संवेदनशील

सुनसरीका ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको मतदानस्थलको वर्गीकरणअनुसार ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन् । जिल्लाका कुल १६६ वटा मतदानस्थल मध्ये ४४ वटा मतदानस्थल अति संवेदनशील, ८० वटा संवेदनशील र बाँकी समान्य रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवले जानकारी दिए । अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए ।

लमजुङमा १२३ मतदानस्थल

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा १२३ मतदानस्थल तय गरिएको छ । चार नगरपालिका र चार गाउँपालिकामा उक्त सङ्ख्यामा मतदानस्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रका अनुसार  चार नगरपालिकामा ६७ मतदानस्थल र चार गाउँपालिकामा ५६ मतदानस्थल तोकिएको छ । यीमध्ये नगरपालिकातर्फ मध्य नेपालमा १८, सुन्दर बजारमा १६, राइनासमा १२ र बेँसीसहरमा २१ वटा मतदानस्थल रहेको छ । त्यस्तै गाउँपालिकातर्फ दूधपोखरी र क्व्होलासोथरमा १०/१०, दोर्दीमा १