हेटौंडा उपमहानगर : सत्तारुढ गठबन्धन भर्सेस एमाले

 हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धन र नेकपा एमालेका बीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा एमालेले जितेको पालिका भए पनि एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले अहिले सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदमा मीना कुमारी लामालाई साझा उम्मेदवारका रुपमा अघि सारेको छ । एमालेले भने अनन्त पौडेललाई प्रमुख पदमा उम्मेदवार बनाएको छ ।दुवै उम्मेदवार विगतमा एमालेको राजनीतिमा आपसमा सहकार्य गर्दै आएका थिए । पार्टी विभाजनपछि लामाले नेकपा एकीकृत समाजवादी रोजिन् भने पौडेल एमा

सम्बन्धित सामग्री

हेटौंडा उपमहानगर कार्यपालिकामा गठबन्धन अल्पमतमा, एमालेको एकल बहुमत

हेटौंडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जित निकालेको सत्तारुढ गठबन्धन कार्यपालिकामा भने अल्पमतमा छ । हेटौंडाको नगरसभा र कार्यपालिकामा एमालेको एकल बहुमत छ । सबै वडाध्यक्ष स्वतः कार्यपालिका सदस्य हुने कानुनी प्रावधान छ । सम्बन्धित पालिकाको सभाले महिला वडा सदस्यबाट पाँच जना र सोही नगरमा बसोबास गर्ने दलित वा अल्पसंख्यक समुदायबाट तीन जना निर्वाचित गरेपछि कार्यपालिकाले पूर्णता पाउँछ ।हेटौंडा उपमहानगरको कार्यपालिकामा एक प्रमुख, एक उपप्रमुख, १९ वडाका अध्यक्ष (सदस्य), पाँच महिला सदस्य र तीन दलित वा

हेटौंडा उपमहानगर प्रमुखमा मीना कुमारी लामाको अग्रता

हेटौंडा उपमहानगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मीना कुमारी लामाले अग्रता कायम राखेकी छन् । १५ हजार २५५ मत गन्दा लामाले ४ हजार ७२९ मत पाएकी हुन् ।उपमहानगर प्रमुखमै राप्रपाका दिपक बहादुर सिंहले ४ हजार ४४९ मत पाएका छन् भने नेकपा एमालेका अनन्त पौडेलले ४ हजार ६ मत पाएका छन् । अहिलेसम्मको मतगणना हेर्दा यो पालिकामा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धन, राप्रपा र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको हो ।