प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा ३ जना पक्राउ

वैशाख ५, काठमाडौं । प्रहरीले क्रिप्टोकरेन्सीको अवैध कारोबार गरेको आरोपमा विद्युतीय उपकरणसहित तीन जनालाई पक्राउ गरेको छ। पछिल्लो दुई वर्षमा ६६ करोड ७९ लाख रुपैंया बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा २२ वर्षीय अनुप मिश्र, २४ वर्षीय दिपेश थापा र २७ वर्षीय राहुल चचानलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार मिश्रले सन् २०२१ देखि कारोबार गरेको र उनी एक्लैले यो अवधिमा ३५ करोड ४६ लाख रुपैयाँभन्दा बढी कारोबार गरेको पाइएको छ । पक्राउ परेका दिपेश थापाले पनि सन् २०२१ देखि नै क्रिप्टोकरेन्सीको कारोबार गरेको र उनले २४ करोड ७९ लाखभन्दा धेरैको कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । पक्राउ परेका राहुल चचानले भने पछिल्लो एक वर्षदेखि क्रिप्टोकरेन्सी कारोबार गरेको र उनले ६ करोड ५३ लाखभन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको छ । हाल उनीहरूमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी २०७३ बमोजिम थप कारबाही र अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित सामग्री

कपिलवस्तुमा निलगाई मारेको आरोपमा ३ जना पक्राउ

कपिलवस्तुको यशोधरा गाउपालिका– ८ शिवखोर स्थित बाणगंगा नदीको बगरमा निलगाई मारेर भाग लगाइरहेको अवस्थामा शुक्रवार दिउसो ३ जना पक्राउ पारेका छन्।...

संखुवासभाको मानेभञ्जाङमा लुटपाटको प्रयास, ३ जना पक्राउ

संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्जाङ बजारमा लुटपाट प्रयास गर्ने ३ जना पक्राउ परेका छन्। मंगलबार बिहान करिब २ बजेतिर स्थानीय वीरेन्द्रभगत श्रेष्ठ (धराने साहु भनेर चिनिने) ब्यक्तिको घरमा लुटपाट प्रयास गर्ने...

आठ केजी गाँजासहित ३ जना पक्राउ

लागूऔषध गाँजा ८ केजीसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बलियाबाट ३ जना पक्राउ परेका छन्।

महानिर्देशकलाई दुर्व्यवहार गर्ने ३ जना पक्राउ

वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेलाई दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । बुद्दनगरस्थित विभागमा महानिर्देशकको कार्यकक्षमा पसेर दुर्व्यवहार गर्नेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

खैरो हेरोइन किनबेच गर्ने ३ जना पक्राउ

खैरो हेरोइन किनबेच गर्न लागेकाे अवस्थामा प्रहरीले ३ जना पक्राउ गरेकाे छ ।

कपिलवस्तुमा ब्राउनसुगरसहित ३ जना पक्राउ

कपिलबस्तुमा ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । कपिलबस्तु नगरपालिका २ बर्दहवास्थित सडकमा चेकजाँच गर्ने क्रममा लागु औषधसहित ३ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १ नयाँटोल बस्ने वर्ष २७ का राकेश गुप्ता, उनकी श्रीमती प्रभावती गुप्ता र २२ वर्षीय बैजुकुमार गुप्ता रहेका छन् । बैजुकुमार राकेशका भाइ हुन् ।युपी ५५ वि ९४३५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए

ब्राउनसुगरसहित एकै परिवारका ३ जना पक्राउ

कपिलवस्तुको तौलिहवा–मर्यादपुर सडक खन्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित बर्धाहवा चोकमा ब्राउनसुगरसहित एकै परिवारका ३ जना पक्राउ परेका छन्।...

चोरीका २० मोवाइलसहित ३ जना पक्राउ

३१ असार, काठमाडौं । काठमाडौंमा मोवाइल लुटपाटमा संलग्न गिरोहका ३ जना पक्राउ परेका छन् । प्रहरी वृत्त वौद्धको विशेष टोलीले २० थान लुटेको मोवाइलसहित ३ जना पक्राउ गरेको छ । प्रहरीले बाराको निजगढ घर भई वौद्ध बस्ने २२ वर्षका विरस मगर र १८ वर्षका समीर तामाङ र खोटाङको बतासे घर भई गोकर्णेश्वर बस्ने १९ वर्षका […]