सरकारले दिगो विकास लक्ष्यमा समेटिएका श्रमसम्बन्धी लक्ष्य हासिल गर्न वि. सं. २०८२ सम्ममा सबै प्रकारका बालश्रम निवारण गरी बाध्यकारी श्रम तथा मानव बेचबिखनको अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ।स्वदेश तथा विदेशमा बालश्रम, बाध्यकारी श्रम तथा मानव बेचबिखनकोसामना गरिरहेको नेपालले दिगो विकास लक्ष्य (एसडीजी) ८ हासिल गरी सबै प्रकारमा श्रम शोषण अन्त्य गर्ने जनाएको हो ।