पोखरा : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक वर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहणलाई सम्वोधन गर्दै उनले पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन वैदेशिक रोजगार कार्यालय स्थापना हुने बताए।मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि पोखराबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्