काठमाण्डाै – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेटमा मधेश प्रदेश पूर्णरूपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
आज बुधवारकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले मधेस प्रदेशको लाइफलाइनको रूपमा रहेको हुलाकी राजमार्गमा बजेट थोरै विनियोजन गरेको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न पनि अर्थमन्त्री जनार्दन शर्मालाई दबाब दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो बजेटमा मधेस प्रदेश पूर्णरूपमा ठगिएको छ भन्ने...