तराई र सहरी क्षेत्रबाट खाने तेल आउन थालेपपछि जिल्लामा स्थानीय जातको तेल लोप हुँदै गएको छ । सडक सुविधा पुगेसँगै सुर्खेत, नेपालगन्ज, बर्दियालगायत ठाउँबाट खाने तेल जिल्लामा आइरहेको हो । एक दशकअघिसम्म स्थानीयले आरु, चुली, तोरी, कपास, डटेलो, ओखरलगायतको तेल उत्पादन गरी उपभोग गर्दै आइरहेका थिए । बजारिया तेल आउन थालेपछि तेल पेल्ने कोल र काठको दुना पनि गाउँमा देख्न मुस्किल भएको छ ।