काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोभिड १९ को संक्रमण निरन्तर उकालो लाग्दो छ । विशेषगरी भारतसँग सीमाना जोडिएका जिल्ला र काठमाडौं उपत्यकामा धेरै संक्रमित थपिएका छन् ।
कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्यासमेत २७ पुगिसक्दा ओमिक्रोनकै कारण संक्रमणको तेस्रो लहर आउने जोखिम बढेको भन्दै विज्ञहरूले सतर्कता अपनाउन सुझाइरहेका छन्...