सवारी साधनको आयात बढ्यो

कृष्णउदास खनाल, वीरगन्ज ।  चालू आर्थिक वर्ष २०७७-७८ को ११ महिनाको अवधिमा वीरगन्ज भन्सार नाकाबाट इन्धनको आयात भने बढेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिकको साउनदेखि जेठसम्ममा इन्धन र सवारी साधनको आयातमा मात्र करिब डेढ खर्ब रुपियाँ बाहिरिएको छ । यस अवधिमा १ खर्ब ४१ अर्ब १४ करोड रुपियाँको पेट्रोलियम पदार्थ र सवारी […]

सम्बन्धित सामग्री

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्यो

४ जेठ, रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ …

विद्युतीय गाडीको आयात बढ्यो, १ महिनामा ६२ करोडको आयात

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको आयात रोकेपछि विद्युतीय गाडीको आयात वृद्धि भएको छ । चालू आवको पहिलो महिनामा नै २११ वटा विद्युतीय गाडी भित्रिएका छन् । सरकारले पहिलो महिनामा २१ करोड विद्युतीय गाडीबाट भन्सार उठाएको छ । अघिल्लो वर्षको साउनमा १०५ वटा मात्रै विद्युतीय गाडी आयात भएको थियो । अघिल्लो आर्थिक वर्षमा […]

मुख्य नाका वीरगञ्ज : वैदेशिक व्यापार दोब्बर, सवारी र इन्धन आयात बढ्यो

वीरगञ्ज । कोरोना महामारीकै बीचमा बजारले गति लिन थालेपछि मुख्य नाका वीरगञ्जबाट वैदेशिक व्यापारको आकार दोब्बर पुगेको छ । वीरगञ्ज भन्सारबाट अघिल्लो आर्थिक वर्ष (आव) २०७७/७८ को शुरू ३ महीनामा ९९ अर्ब ५५ करोड रुपैयाँबरारको कुल वैदेशिक व्यापार भएको थियो । चालू आवको साउनदेखि असोजसम्मको अवधिमा यो आँकडा १ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये आयात १ खर्ब ६७ अर्ब र निर्यात व्यापार ३१ अर्ब रुपैयाँबराबर छ । व्यापारमा बढेपछि त्यसको प्रभाव भन्सारले उठाउने राजस्वमा पनि देखिएको छ । वीरगञ्ज भन्सारले चालू वर्षको पहिलो त्रैमासिक अवधिमा लक्ष्यभन्दा २० प्रतिशत बढी राजस्व उठाएको छ । अघिल्लो वर्षको यही अवधिमा लक्ष्य भेट्टाउन सकेको थिएन । गत आवको पहिलो ३ महीना कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा थियो । चालू आवमा बजार र यातायात खुलेकाले वैदेशिक व्यापार र राजस्वमा त्यसको सकारात्मक प्रभाव देखिएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।   जीपकार आयात शत प्रतिशत बढ्यो आयातनिर्यात कारोबारका हिसाबले सबैभन्दा ठूलो वीरगञ्ज भन्सारबाट सवारीका साधनको आयात ≈वात्तै बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को साउनदेखि असोजसम्मको ३ महीनामा यस्ता वस्तुको आयात बढेको हो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको ३ महीनामा यो नाकाबाट ३ अर्ब ३६ करोड रुपैयाँबराबर मूल्यका २ हजार ९१७ ओटा जीपकार भ्यान भित्रिएका छन् । यो संख्या गत आवको सोही अवधिभन्दा १०१ प्रतिशत बढी हो । गत आवको पहिलो ३ महीनामा १ अर्ब ६५ करोड रुपैयाँबराबरका १ हजार ४५० ओटा यस्ता साधन भित्रिएका थिए । चालू आवको पहिलो त्रैमासमा मोटरसाइकलको आयात भने करीब उस्तै छ । १ अर्ब ८० करोड मूल्यका २० हजार ८५५ ओटा मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सारको तथ्यांक छ । पिकअप गाडीको आयातसमेत ९९ प्रतिशले बढेको छ । ट्रकबसको चेसिसको आयात ३ गुणा बढेको छ । गत आवको पहिलो ३ महीनामा २२० ओटा यस्ता साधन भित्रिएकोमा यो वर्ष ६५९ पुगेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । सबै प्रकारका गाडी र तिनका पार्टपुर्जाको आयात बढेको उनले बताए । गतवर्षको शुरू ३ महीना कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा जारी रहेकाले आयात घटेको थियो । यो वर्ष बजार खुला रहेकाले त्यसको प्रभाव आयातमा देखिएको भन्सार अधिकारीहरू बताउँछन् । इन्धन पनि उस्तै सवारीसाधनको आयातसँगै त्यसमा खपत हुने इन्धनको आयात पनि उल्लेख्य परिमाणले बढेको छ । सबैभन्दा बढी खपत हुने डिजेलको आयात परिमाण १३२ प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज पेट्रोलियम पदार्थ आयात हुने मुख्य नाका हो । गत आवको पहिलो ३ महीनामा १ लाख ५ हजार किलोलीटर (केएल) डिजेल आयात भएको थियो । यो वर्षको सोही अवधिमा डिजेल आयात २ लाख ४५ हजार केएल पुगेको भन्सारले बताएको छ । पेट्रोलको आयात ३६ प्रतिशतले बढेको छ । हवाई इन्धनको आयात ३१ हजार ५९८ केएल छ । यो परिमाण गतवर्षको पहिलो ३ महीनामा ११ हजार २३६ केएल थियो । कोइलाको आयात ३८ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । चालू आवको पहिलो त्रैमासिक अवधिमा १ लाख ९३ हजार ९१९ मेट्रिकटन (मेटन) कोइला आयात भएको छ । यो परिमाण अघिल्लो वर्षको सोही अवधिमा १ लाख ४० हजार ६८३ मेटन थियो । यो अवधिमा एलपी ग्यास, फर्नेस आयल र बेस आयललगायतका पेट्रोलियम पदार्थको आयात बढेको छ ।

वीरगन्ज नाकाबाट सवारी साधनको आयात बढ्यो

चाड पर्व नजिकिएपछि वीरगन्ज नाका हुँदै हलुका सवारी साधनको आयात ह्वात्तै बढेको छ । दसैं तिहार जस्ता चाड पर्वमा नयाँ सवारी साधन खरिद गर्ने चलन र बिक्रेताहरुले पनि यीनै पर्वको मौका छोपेर अफर ल्याउने भएकाले पनि जीप, कार जस्ता सवारी साधनको आयात साबिकको भन्दा झण्डै चार गुणाले बढेको छ ।

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्यो

काठमाडौं, (नेस) । रसुवागढी नाका हुँदै नेपाल आयात गरिने सवारी साधनको संख्या बढेको छ । चालू आर्थिक वर्षमा सो नाका हुँदै ट्रक डम्फर ३५, मिनी बस ६, माइक्रो बस १६, कंक्रिट मिक्सरलरी ३, डेलिभरी भ्यान २, ठूलोक्रेन १, विद्युतीय कार ४, ट्रेलर ५८, विद्युतीय मोटर १६, विद्युतीय स्कुटर ४, ट्रक ६ र साइकल ३६ आयात […]

विद्युतीय सवारीको आयात बढ्यो

सरकारले विद्युतीय सवारीमा भन्सार छुटको व्यवस्था गरेसँगै आयात बढेर गएको छ । मुलुकभित्र विद्युत् उत्पादन बढ्दै गएकोले सरकारले पनि विद्युतीय गाडीको आयातलाई प्रोत्साहन गर्ने नीति लिएको छ । विद्युतीय गाडीमा मात्र १० प्रतिशत भन्सार महसुल रहेको छ । तर पेट्रोल र डिजेलबाट चल्ने गाडीको आयातमा २४० देखि ३०० प्रतिशतसम्म भन्सार महसुल रहेकोले पनि विद्युतीय गाडीको आयात बढेको हो । त्यस्तै, अन्य गाडी किन्दा ५० प्रतिशतमात्रै बैंक कर्जा पाइने व्यवस्था रहेको छ तर विद्युतीय गाडी किन्दा ८० प्रतिशत कर्जा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ । हालसम्म यातायत व्यावस्था विभागमा दर्ता भएका विद्युती सवारी साधनको संख्या ६ हजार ९ सय १ पुगेको छ ।